दाईजोका कारण कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया रानी कुमारी महतोलाई २५ वर्षीय पति राजिब कुमार महतो, ४७ वर्षीया सासू रामबती देवी महतो नुनिया र ५१ वर्षीय ससुरा महिन्द्र महतोले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० फागुन १७ गते उजुरी दिनु भएको छ ।
थप दाइजो बापत पीडितका बुबाले दुई तोला सुन र १० तोला चाँदी नदिएको भन्दै आरोपितहरूले फागुन ११ गते पीडितलाई गालीगलौज गर्नुका साथै कुटपिट समेत गरी शारीरिक तथा मानसिक यातना दिइ घरेलु हिंसा गरेको पीडितका २८ वर्षीय दाजु राहुल कुमार महतोको आरोप रहेको छ ।
कुटपिटका कारण घाइते भएकी पीडितको उपचार फागुन १३ गतेदेखि १५ गतेसम्म जिल्ला अस्पताल मलंगवामा गराई माइती घर महोतरी जिल्ला सोनमा गाउँपालिका–४ बस्दै आएको पीडितले बताउनु भयो ।
पीडित र आरोपित राजिब कुमार महतोबीच ०७८ फागुन १८ गते विवाह भएको थियो । विवाहमा नगद १ लाख ५० हजार रुपियाँ नगद र फर्निचरका सामग्रीहरू दिएपनि थप दाइजो नल्याएको भन्दै आरोपितहरूले पीडितलाई कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना समेत दिएको पीडितका दाजुको आरोप रहेको छ ।
उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…