दाईजोका कारण कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
गोडैता गाउँपालिका–७ की २२ वर्षीया सूर्यकला कुमारी साहलाई २५ वर्षीय पति शम्भु कुमार साह र ४४ वर्षीया सासू मखनीया देवी साहले कुटपिट गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोडैतामा ०८० फागुन २७ गते उजुरी दिनु भएको छ ।
थप दाइजोमा पीडितका बुबाले तीन तोला सुन र १० तोला चाँदी नदिएको भन्दै आरोपितहरूले फागुन १९ गते पीडितलाई गालीगलौज गर्नुका साथै कुटपिट समेत गरी शारीरिक तथा मानसिक यातना दिइ घरेलु हिंसा गरेको पीडितकी ४३ वर्षीय आमा संगीता देवी साहको आरोप रहेको छ ।
पीडित महिलाको उपचार फागुन २० गते देखि २३ गतेसम्म जिल्ला अस्पताल मलंगवामा भयो । उपचार पश्चात पीडित माइती घर महोत्तरी जिल्ला सोनमा गाउँपालिका–३ मा बस्दै आइरहेको पीडित महिलाले बताउनु भयो ।
पीडित र आरोपित साहबीच ०७९ वैशाख १६ गते विवाह भएको थियो । विवाहमा नगद २ लाख ५० हजार रुपियाँ र फर्निचरका सामग्री दिएपनि थप दाइजो बापत सुन र चाँदी नदिएको भन्दै आरोपितहरूले पीडितलाई कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित महिलाले बताउनु भयो ।
उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय गोडैताका असई विश्वनाथ यादवले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…