दाईजाेका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

  ०८० माघ २९ गते

कौडेना गाउँपालिका–६ इनरवा की २६ वर्षीया दिपिका देवी मण्डललाई २७ वर्षीय पति सुर्यनारायण मण्डल र ४६ वर्षीया सासू सकुनिया देवी मण्डलले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० माघ २८ गते उजुरी दिनु भएको छ ।

दाइजोमा पीडितका बुबाले मोटरसाईकल नदिएको भन्दै आरोपितहरुले माघ १९ गते पीडितलाई गालीगलोज गर्नुका साथै कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिइ घरेलु हिंसा गरेको पीडितका बुबा सखुरी मण्डलकाे आराेप रहेकाे छ ।

पीडितको उपचार माघ २० गते देखि २२ गतेसम्म जिल्ला अस्पताल मलंगवामा भएकाे र उपचार पछि पीडित माइती घर चक्रघटा गाउँपालिका–८ सुन्दरपुर बस्दै आइरहेको उहाँले बताउनु भयो ।

पीडित र आरोपित मण्डलबीच ०७९ फागुन २१ गते विवाह भएको थियो । विवाहमा नगद दुई लाख रुपियाँ र फर्निचरका सामग्री दिएपनि मोटरसाईकल नदिएको भन्दै आरोपितहरूले पीडितलाई कुटपिट गर्ने गरेको पीडितका बुबाको आरोप रहेको छ ।

उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।


बुधन साह