दाइजो नल्याएको भन्दै कुटपिट, प्रहरी प्रशासन मौन
कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख रुपियाँ दाइजो नल्याएको भन्दै कुटपिट गरी झुण्ड्याएर हत्या प्रयास गरेको घटना एक महिना नाघ्दासमेत प्रहरी प्रशासन मौन रहेको पीडित पक्षको आरोप छ ।
घाइते रिन्कीदेवीको उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरी थप उपचार निजी स्वास्थ्य क्लिनिक सितामढी भारतमा गरिएको पीडित पक्षले जनायो । प्रहरी प्रसाशनले घटनाका आरोपितलाई गिरफ्तार नगरी आरोपितसँगै मिलेको पीडित पक्षको आरोप छ ।
छोरीलाई ल्याउन नदिई मानसिक तथा शारीरिक यातना दिने काम भइरहेको रिन्कीदेवीका बुबा रामेश राययादवले बताए ।
पीडित पक्षले जेठ ३ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि घटनाप्रति प्रहरीले बेवास्ता गरेको पीडित रमेश राय यदवको आरोप छ । रिन्की देवी र रामविलासको विवाह ०७५ फागुन ५ गते समाजिक परम्परा अनुसार गरिएको थियो ।
बुधन साह
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…