दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित पतिविरूद्ध उजुरी
कविलासी नगरपालिका–८ माइती भएकी २२ वर्षीया काजलकुमारी महतोलाई दाइजो बापत एक थान इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नदिएको भन्दै चैत १० गते कुटपिट गरेको आरोपमा पीडितले मलङ्गवा नगरपालिका–७ ठुलो मुसैलीका २३ वर्षीय पति रामनरेश महतोविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत १५ गते उजुरी दिनु भएको छ ।
पतिको कुटपिटबाट काजलकुमारीको टाउकोमा चोट त्यसैगरी दाहिने हातको औँलामा दुई ओटा टाँका र बायाँ गोडामा तीन ओटा टाँका लगाइएको पीडितका बुबा रामबाबु महतोले बताउनु भयो ।
घाइतेको सामान्य उपचार जिल्ला अस्पतालमा गरेपछि थप उपचारका लागि नेशनल मेडिकल अस्पताल बीरगंजमा लगेको पीडित महिलाको बुबा रामबाबुले जानकारी दिनु भयो ।
काजल कुमारी र रामनरेशबिच २०७७ जेठ २० गते हिन्दु परम्परा नुसार विवाह भएको थियो । विवाहमा ५० हजार रुपियाँ र चार अना सुन दिएपनि काजलकुमारीलाई थप दाइजो नल्याएको भन्दै कुटपिट गर्ने गरेको पीडित महिलाका बुबा रामबाबुले बताउनु भयो ।
आरोपित फरार रहेकाले खोजतलास गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर डाचाशङ्कर यादवले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…