दाइजो नल्याएको आरोपमा महिलाको हत्या गरेको आरोप
लुम्बिनी नपा-४ पडरियाकी २८ वर्षीया नाजमा खातुनलाई दाइजो नल्याएको आरोपमा भदौ २२ गते परिवारजनले उनको हत्या गरेको खातुनका माइतीपक्षले आरोप लगाएको छ ।
पीडित महिलाका २९ वर्षीय पति एहसानुल्लाह मुसलमान र उनका परिवारले दाइजोमा चार पाङग्रे सवारी साधन मागेको र सो दिन नसकेको भन्दै पटकपटक कुटपिट गरी यातना दिने गरेको मृतकका दाजु बदरे आलमले बताए ।
'बहिनीलाई मारेर लुकीछिपी दाहसंस्कार गर्न लागेका रहेछन् । नमारेको भए किन लुक्नु ?'-बदरेले भने-'बहिनीको स्वभाविक मृत्यु नभई हत्या नै गरिएको हो ।'
मृतक खातुन केही समय अघि मात्रै माइतीघरबाट आफ्नै घर फर्केकी थिइन् । सधैं कुटपिट खाएर आजित भएकी खातुन ६ महिनादेखि माइतीघरमा बस्दै आएको र इष्टमित्रको आग्रहमा उनलाई घरमा पठाइएको मृतकका दाजु बदरे आलमले बताए ।
'२३ गते बिहानै छिमेकीहरूबाट बहिनीको मृत्यु भएको छ । दाहसंस्कार गर्नका लागि लैजाँदै छन् भन्ने खबर पाएपछि धकधई इलाका प्रहरी कार्यालयमार्फत इलाका प्रहरी कार्यालय लुम्बिनीलाई आग्रह गरें । त्यसपछि दाहसंस्कार रोकेर प्रहरीले अनुसन्धान थालेको छ ।'
प्रहरी घटनास्थलमा पुग्दा पीडित महिलाको शरीरभरी निलडाम र चोटपटकहरू भएको देखेपछि शवको पोष्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी बुद्धिराज गुरुङले जानकारी दिए । सोही दिन मृतकको शवको पोष्टमार्टम गरिएको थियो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर दिलीपराज झाले मृतकको घर पुग्दा जेठाजु तबारक मुसलमान र पति एहसानुल्लाह मुसलमान फरार रहेको र ससुरा जलालुद्दिन मुसलमानलाई भारततिर भाग्दै गरेको अवस्थामा गिरफ्तार गरिएको बताए ।
पीडित महिलाका सात वर्षीय र एक वर्षीय छोरा रहेका छन् ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…