दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट
नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया सासू बाबादैया जोलहा, ५१ वर्षीय ससुरा सब्वीर अन्सारी र ३२ वर्षीय जेठाजु नसिम अन्सारी कवाडीले कुटपिट गरेको पीडितले बताएकी छन् ।
दुवै आँखामा गहिरो चोट लागेका कारण पीडित घाइतेको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको पीडितकी आमा इमानन् अन्सारीले गुनासो गरिन् । कुटपिटबाट उनको हात, गोडा र शरीरका विभिन्न अङ्गमासमेत चोट लागेको छ ।
दाइजोको निहुँमा विगत चार महिनादेखि कुटपिट र घरेलु हिंसा सहँदै आएकी आसरूनलाई पछिल्लो पटक साउन २३ गते राति चार लाख रूपियाँ दाइजो नल्याएको भन्दै परिवारजनले कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् । उनले भनिन्- 'म त्यो घरमा जान्न । गयो भने मार्छन् । माइतीमा आमासँगै बस्छु । तिनीहरूलाई जेल हाल्नु पर्छ ।'
घटना भएकै दिन राति पीडित पक्षले प्रहरीमा खबर गरेपछि पीडितका पति बसिम र सासु बाबादैयालाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको तथा ससुरा र जेठाजु फरार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले बताए । आरोपित विरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई वर्षअघि मागी विवाह गरेकी बसिम विवाहपछि वैदेशिक रोजगारीका लागि विदेशमा गएकी थिइन् । घर फर्केपछि चार महिना यता पटकपटक दाइजो नल्याएको भन्दै परिवारका सदस्यले कुटपिट गर्ने गरेको र गाँउ समाजमा करिब १० पटक मिलापत्र गराइएको पीडितका दाजु सम्साद अलीले बताए । पछिल्लो पटक साउन २० गते जिल्ला प्रहरी कार्यालयमा समेत मिलापत्र गराइएको उनले जानकारी दिए ।
नेपालगञ्ज उपमनपा-२१ जैसपुर माइती घर भएकी आसरूनका एक वर्षका छोरा छन् । माइती पक्ष आर्थिक रूपले कमजोर रहेको र विवाहको समयमा कुनै किसिमको आर्थिक लेनदेनको कुरा नभएको पीडितकी आमा इमानन्ले बताइन् ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…