दाइजो नल्याएको आरोपमा परिवारका सदस्यद्वारा चरम यातना, आरोपितहरू गिरफ्तार
लुम्बिनी सांस्कृति नगरपालिका–७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो नल्याएको भन्दै चरम यातना दिएको आरोपमा प्रहरीले पीडितका २४ वर्षीय पति गोविन्द तेली, ६५ वर्षीय ससुरा मेघा तेलीलाई असोज १२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाकी ५५ वर्षीया सासू बडौली तेली फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पङ्क्टर शंकर पोखरेलले बताए ।
एक वर्ष अगाडि विवाह बन्धनमा बाँधिएकी पीडितलाई दाइजो नल्याएको निहुँमा रातदिन शारीरिक तथा मानसिक यातना दिँदै आइरहेको र भदौ ३० गते फलामको डाडुले पीडितको सम्वेदनशील अङ्गमा डामेर घाइते बनाएका थिए । पीडित महिलाको उपचार भैरहवा मेडिकल कलेजमा भइरहेको छ ।
रीमा विसी
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…