दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

  ०७९ मङ्सिर २८

रामगोपालपुर नपा–५ बस्ने २१ वर्षीय पत्नी नेहा चौधरीलाई दाइजोका कारण घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति डा. पङ्कज चौधरीलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पत्नी नेहाले दाइजो तथा घरेलु हिंसा विरुद्ध दिएको उजुरीको आधारमा आरोपित डा. पङ्कजलाई गिरफ्तार गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालय, जलेश्वरका डीएसपी सन्तोष पोखरेलले जानकारी दिनु भयो ।

पीडितले आरोपित विरुद्ध ०७९ असोज २१ गते महोत्तरी जिल्ला अदालतमा घरेलु हिंसा विरुद्ध निवेदन दिई कात्तिक ४ गते उजुरी गर्ता गराएकी हुन् भने मङ्सिर १९ गते सोही अदालतमा दाइजोका विरुद्धमा पनि मुद्दा दायर गरेकी छिन् ।
गत वर्षको फागुनमा नेहा र पङ्कजको सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा नेहाको माइत पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपियाँ खर्च गरेको नेहाले दावी गर्दै आएकी छिन् ।

आरोपित पङ्कजले काठमाडौँमा घर किनिदिन माइती पक्षलाई भन्न दवाव दिँदै कुटपिट तथा यातना दिने गरेको पीडित नेहाको आरोप छ ।


अजयकुमार साह