दाइजो कम ल्याएको आरोपमा हत्या, घटनाका आरोपित विरुद्ध प्रहरीले उजुरी नलिएको आरोप
वृन्दावन नपा–६ सिसवा धमौराकी २० वर्षीया सविता भनिने सन्जुकुमारी दासलाई साउन २ गते दाइजो कम ल्याएको आरोपमा हत्या गरेको भन्दै मृतकका माइती पक्षले साउन ६ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय गरुडाले लिन नमानेको पीडित पक्षको आरोप छ ।
कटहरीया नपा–५ बलिरामपुर माइती रहेको सन्जुकुमारी र वृन्दावन नपा–६ का २५ वर्षीय रमाकान्त दासबिच एक महिना अगाडि विवाह भएको थियो ।
विवाह भएदेखि नै दाइजो कम ल्याएको निहुँमा सन्जुकुमारीलाई मानसिक तनाव दिने गरेको पीडित पक्षको आरोप छ ।
आरोपित रमाकन्तले साउन २ गते राति ११ बजे फोन गरेर तपाइँको बहिनीको मृत्यु भएको भनी जानकारी गराउँदै फोन काटेको मृतक सन्जुकुमारीका दाइ रामप्रवेश दासले बताउनु भयो ।
शवको पोष्टमार्टम साउन ३ गते टिचिङ अस्पताल महाराजगञ्ज, काठमाडौँमा गरी सोही दिन मृतकका ससुरा चन्देश्वर दासले शव बुझी साउन ४ गते गाउँमा ल्याएर दाह संस्कार गरेको पीडित पक्षले जनाएको छ ।
मृतकका ससुरा चन्देश्वर दास, सासू शिवादेवी दास, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठुला ससुरा विन्देश्वर दासले रन्जुकुमारीको हत्या गरेको माइती पक्षको आरोप छ ।
मृतक सन्जुकुमारीका दाइ रामप्रवेश दासले साउन ४ गते र साउन ६ गते इलाका प्रहरी कार्यालय गरुडामा दिएको उजुरी लिन नमानेको पीडित पक्षको आरोप छ ।
प्रहरीले रिपोर्ट आएपछि मात्र उजुरी दर्ता गर्ने भन्दै टारेको पीडित पक्षले जनायो ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि मात्र उजुरी दर्ता गरिने इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी बरुण सिंहले बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…