दाइजो कम ल्याएको आरोपमा कुटपिट, आरोपितविरूद्ध उजुरी
भारतको सितामढी जिल्ला पुनौरा ग्रामा–६ माइती भएकी २१ वर्षीया सविताकुमारी महतोलाई दाइजो बापतमा एउटा मोटरसाइकल र १ लाख रुपियाँ नगद नदिएको भन्दै फागुन ११ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–५ मोतिपुरका २३ वर्षीय पति राजेन्द्र महतोविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १८ गते उजुरी दिएको छ ।
कुटपिटका कारण पीडित महिलाको दाहिने हात भाँचिएको र बाँया गोडामा चोट लागेकाले जिल्ला अस्पताल मलङ्गवामा उपचार गराएको पीडित महिलाले बताउनु भएको छ ।
अवस्था गम्भीर भएपछि थप उपचारका भारतको सीतामढी जिल्लामा लगेको पीडित पक्षले जनाएको छ ।
गत जेठ १७ गते हिन्दु परम्परा अनुसार सर्लाही जिल्ला कौडेना गाउँपालिका–५ मोतिपुरका २३ वर्षीय राजेन्द्र महतोसँग पीडित महिलाको विवाह भएको थियो ।
विवाहमा २ लाख रुपियाँ र एक तोला दिएको भएपनि छोरीमाथि कुटपिट गर्ने गरेको भन्दै छोरीले दुखेसो पोख्ने गरेको पीडितका बाबु रामकुमार महतोले जानकारी दिनु भयो ।
लिखित उजुरी पश्चात आरोपित पति र ससुरा ‘फरार’ रहेको बताउँदै अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवामा डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…