दाइजोमा फ्रिज नदिएको भन्दै पत्नीको हत्याः माइती पक्षको आरोप
धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने नविनकिशोर साहले २० वर्षीया पत्नी ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।
मृतक ज्योती साहका बुबा जनकपुर उमनपा–२२ कुर्था बस्ने सुरेन्द्र नायकले छोरीको विवाहमा फ्रिज नदिएको भन्दै पटकपटक छोरीलाई कुटपिट गर्दै ज्वाँइले हत्या गरेको आरोप लगाउनुभएको छ ।
२०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नपा–५ का नविनकिशोर र ज्योतीको विवाह १७ लाख रुपियाँ दाइजो दिएर समाजिक परम्परा अनुसार गरिएको थियो ।
एक वर्ष नबित्दै नवविवाहिता छोरी ज्योतीको शङ्कास्पद मृत्यु भएपछि बुबा सुरेन्द्र नायकले दाइजोको निहुँमा छोरीको हत्या गरेको आरोप लगाउनुभएको छ ।
विवाहमा नगद १० लाख रुपियाँ, साढे नौ तोला सुन, फर्निचर लगायत १७ लाख रुपियाँ बराबर दाइजो दिएको बुवा सुरेन्द्र नायकले बताउनुभएको छ ।
विवाहमा ज्वाइँले फ्रिज लगायतका समान माग्दै ज्योतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको बुबाले बताउनुभएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दाहालका अनुसार मङ्सिर २५ गते दिउँसो ४ः१५ बजे घटनाबारे जानकारी पाएर घटनास्थल पुग्दा घाँटीमा सल बेरिएको थियो ।
परिवारजनले ज्योतीले पासो लगाएर आत्महत्या गरेको दावी गर्दै आएको छ । घटनाबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिनुभएको छ । पोस्टमार्टम गरी शव मृतकका ससुरा राजकिशोर साहलाई जिम्मा लगाइएको छ ।
मृतकका वुवा सुरेन्द्र नायकले छोरीको दाइजोको कारणले पति र ससुरालगायतका परिवारका सदस्यहरू मिलेर घाँटी थिचेर हत्या गरेको दावी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मङ्सिर २६ गते उजुरी दिन गएको भएपनि प्रहरीले पोस्टमार्टमको रिपोर्ट नआउञ्जेल उजुरी दर्ता नगर्ने भन्दै फर्काएपछि मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दर्ता गराउन आएको इलाका प्रहरी कार्यालयबाट मृतकका वुवा सुरेन्द्र नायकले जानकारी दिनुभएको छ ।
०७६ वैशाख महिनामा छोरी गर्भवती हुँदा उनको जनकपुरको एक निजी क्लिनिकमा ल्याएर ज्वाँइले जबरजस्ती गर्भपतन गर्न लगाएर पटकपटक शारीरिक तथा मानसिक रूपमा यातना दिएको नायकले आरोप लगाउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले शङ्कास्पद रहेको बताउँदै पोस्टमार्टम रिपोर्ट कुरिरहेको बताउनुभएको छ ।
मृतकका पति र सासू, ससुरालाई निगरानीमा राखेको भन्दै पोष्टमार्टमको रिपोर्टका आधारमा कारवाही प्रक्रिया अगाडि बढाउने डिएसपी कार्कीले बताउनुभएको छ ।
मृतकका पति नविन किशोर साह स्थानीय एक सामुदायिक विद्यालयमा ससुरा रामेछापमा सामुदायिक विद्यालयमा पढाउनुहुन्छ ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…