दाइजोको निहुमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका-५ मोतिपुरकी २३ वर्षीया पुजा महतो नुनीयालाई ०८१ असार ३ गते थप दाइजोको निहुँमा कुटपिट गरेका आरोपित पति २६ वर्षीय रामबाबु महतो नुनीयाविरुद्ध पीडितले असार १२ गते इलाका प्रहरी कार्यालय कौडेनामा उजुरी दिनु भएको छ ।
पीडित र आरोपितबीच ०७९ जेठ १६ गते विवाह भएको थियो । विवाहमा १ लाख रुपियाँ नगद र एक थान ईन्डियन नम्बर प्लेट भएको मोटरसाइकल दिएको पीडितका बुबा मलंगवा नगरपालिका वडा नं. ४ का ४६ वर्षीय राजेन्द्र महतोले बताउनु भयो । तर, थप दाइजो बापत नगद १ लाख रुपियाँ र पलङ्ग सेट नल्याएको भन्दै आरोपितले पीडितलाई गालिगलौज तथा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको उहाँको आरोप रहेको छ ।
कुटपिटका कारण घाइते भएकी पीडितको स्वास्थ्य उपचार असार ४ गतेदेखि ६ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।
घटनापश्चात आरोपित महतो फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कौडेनाका असई दिपलाल यादवले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…