दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
पर्सा गाउँपालिका-१ की २६ वर्षीया सुनिता कुमारी साहलाई ०८१ भदौ १४ गते पति २८ वर्षीय दिपेन्द्र कुमार साह र सासु ५६ वर्षीया फुलन देवी साहले दाइजोको निहुँमा कुटपिट गरेको भन्दै पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
पीडित र आरोपितबीच ०८० जेठ १२ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा तीन लाख रुपियाँ र एक तोला सुन दिए तापनि थप दाइजो बापत फ्रिज, वासिङ्ग मेसिन र नगद ५० हजार रुपियाँ नल्याएको भन्दै आरोपितले गालिगलौज तथा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको पीडितका बुबा सुरेन्द्र साहले बताउनु भयो ।
कुटपिटका कारण घाइते भएकी पीडितको उपचार भदौ १४ गते पर्सा गाउँपालिकास्थित स्वास्थ्य चौकीमा गरिएको र थप उपचार भदौ १९ गतेदेखि २१ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको पीडित पक्षले बताउनु भयो ।
घटनापश्चात आरोपित पति तथा सासु फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…