दाइजो नल्याएको आरोपमा परिवारजनबाट आमाछोरीको हत्या
मौलापुर नगरपालिका–४ बौधा पतौराकी २४ वर्षीया माला भन्ने कविता साह र दुई वर्षीया छोरी आरोही साहलाई असार १५ गते राति कविताका २८ वर्षिय पति धीरेन्द्र साह र परिवारजनले हत्या गरेको पीडित पक्षको आरोप छ ।
मृतकका बुबा माधवनारायण नगरपालिका–५ मिठुअवाका विजयशङ्कर साहका अनुसार तीन वर्षअघि सामाजिक रीतिरिवाजमा धीरेन्द्र साह र कविता साहको विवाह भएको हो । विवाहअघि कबुल गरेको दाइजो दिन नसकेको कारण छोरी र नातिनीको हत्या ज्वाँइ धीरेन्द्र साह र ज्वाइँका परिवारले गरेको विजयशङ्कर साहको आराेप रहेको छ । मोटरसाइकल, पलङ, भैसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाँइले छोरीमाथि दबाब दिँदै आएको र आफूले दिन नसकेको कारण नातिनीसहित छोरीलाई कुटपिट गरी हत्या गरेको साहको आरोप छ ।
बिहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरी र नातिनीलाई आरोपित र आरोपितका परिवारले कुटपिट गरी हत्या गरेको जानकारी दिएको साहको भनाइ छ । त्यसपछि प्रहरीलाई खबर गरेर मौलापुर पुगेको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकोे बताउनु भयो । पत्नी र छोरीको हत्यापछि आरोपित र आरोपितको परिवारका सदस्य फरार रहेकाले खोजी कार्य भइरहेको एसपी बुढामगरले जानकारी दिनु भयो ।
मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…