दाइजोको आरोपमा कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण
दाइजो नल्याएको आरोपमा घरपरिवारबाट कुटपिट गरिएको घटना सम्बन्धमा नेपालगञ्जस्थित अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
साउन २६ गते प्रेस विज्ञप्तिमार्फत नेपालगञ्ज उमनपा-१९ बाले गाउँकी १८ वर्षीया आसरुन अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते राति पति वसिम जोलहा, सासु बाबादैया जोलहा, ससुरा सब्बीर जोलहा र जेठाजु नसिम जोलहाले गरेको कुटपिटबाट उनको दुवै आँखामा गहिरो चोट लागेको छ । घाइतेको भेरी अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएको घटना प्रति अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महत, बी-ग्रुपका गोपालनाथ योगी, सिविनका सिद्धराज पनेरु, हिमराइट्सका प्रकाश उपाध्याय, आइएचआरसीका विश्वजीत तिवारी, माइती नेपालका केशव कोइराला, गैसस महासङ्घका जिल्ला अध्यक्ष प्रमोद रिजाल, मानव अधिकार एलायन्सका प्रभातकुमार ठकरी, एडभोकेसी फोरमका बसन्त गौतम, पुनारावेदन बार एशोसियसनका अध्यक्ष बलबहादुर चन्द, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रकी रुवि खान, फातिमा फाउन्डेशनकी कावा अध्यक्ष मैमुना सिद्धिकीद्वारा संयुक्त विज्ञप्ति जारी गरेर घटनाको भत्सर्ना गरिएको हो ।
जारी विज्ञप्तिमा घटनाको तत्काल अनुसन्धान गरी संलग्नहरूलाई कानुनी कारबाही गर्नु पर्ने माग गरिएको छ । यसैगरी पीडितलाई न्यायको अनुभूति दिलाई कानुनी राज्यको अनुभूति दिलाउन र दिनप्रतिदिन महिलामाथि बढदै गएको हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्नका लागि प्रहरी प्रशासनसँग अधिकारकर्मीहरूले माग गरेका छन् ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…