दाइजोका कारण परिवारजनबाट हत्याको आरोप
मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण जेठ ७ गते परिवारजजबाट हत्या भएको पीडित पक्षको आरोप रहेको छ ।
आरतीकुमारी साहको हत्या उनका पति ३२ वर्षीय मोतीबाबु साह, ससुरा ७० वर्षीय मदनमोहन साह, सासु ५५ वर्षीया रेणु देवी साह, र देवर २७ वर्षीय रबि साहले गरेको नगराइन नगरपालिका–८ खिरखिरियाका मृतकका बुबा ४९ वर्षीय बिनोदप्रसाद साहको आरोप रहेको छ ।
आरोपितहरू विरुद्ध मृतकका बुबाले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषमा उजुरी दिनुभएको छ। आरोपित पति मोतीबाबु साह र ससुरा मदनमोहन साहलाई सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको छ । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनु भयो ।
डिएसपी गौतमका अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।
दुई वर्षअघि २५ लाख नगद दाइजो दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताउनु भयो । यसअघि पनि छोरीलाई उनका परिवारजनले थप दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट तथा शारीरिक र मानसिक यातना दिँदै आएको र ‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक रकम पनि दिएको’, उहाँले बताउनु भयो ।
पोल खुल्ने डरले आरोपितहरूले मृत शरीरलाई काव्या अस्पतालमा उपचारका लागि लगेको आरतीका बुबाको आरेप रहेको छ । आरोपित मोतीबाबुको काठमाडौंमा विवाहबाह्य सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक पटक उनीहरूबिच मनमुटावसमेत हुँदै आएको साहले बताउनु भयो ।
यता, आरोपित पति मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था राम्रो नभएकोले उनी मध्यान्हसम्म ओछ्यानमै रहेको सुनाए । ‘मैले उनलाई खाना खान आग्रह गरें । तर, उनले मानिनन् । उल्टै मलाई नै गाली गर्न थालिन् । सोही क्रममा आवेशमा आएर मैले उनलाई एक थप्पड हिर्काए र घरबाट निस्किएर गएँ । साँझ घर पुग्दा आरतीलाई खोजें । पछि मैले कोठाको चुकुल भित्रबाट बन्द भएको बुझें । बाहिरबाट धेरै पटक हल्ला गर्दा पनि नसुनेपछि अन्त्यमा ढोका तोडरे हेर्दा आरती पंखामा झुण्डेर आत्महत्या गरेकी थिइन् । म अक्क न बक्क भएँ ।’
अजयकुमार साह
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…