दाइजाेकाे निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ असार २७ गते

हरिपुर्वा नगरपालिका-४ की २३ वर्षीया सुनिता कुमारी यादवलाई ०८१ असार ६ गते पति २५ वर्षीय मोहनकुमार यादव र सासु ५८ वर्षीया जसियादेवी यादवले थप दाइजाेकाे निहुँमा कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८१ असार २४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

पीडित र आरोपितबीच ०८० असार ७ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा १ लाख रुपियाँ र एक तोला सुन दिएपनि थप दाइजो बापत नगद २ लाख रुपियाँ तथा एक ओटा ईन्डियन नंबर प्लेट भएको मोटरसाइकल नल्याएको भन्दै आरोपित पति र सासुले गालिगलौज तथा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएकोे पीडित महिलाको बुबा मलंगवा नगरपालिका-६ खुटौनाका ४८ वर्षीय रामकैलास यादवको आरोप रहेको छ ।

कुटपिटका कारण घाइते भएकी पीडित महिलाको उपचार असार ७ गतेदेखि ९ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।


बुधन साह