दाइजाेकाे निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
पर्सा गाउँपालिका-३ की २४ वर्षीया महिला रामकुमारी यादवलाई ०८१ असार ७ गते पति २५ वर्षीय दिनेश यादवले थप दाइजोको निहुँमा कुटपिट गरेको भन्दै पीडितले असार २५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
पीडित र आरोपितबीच ०८० असार १६ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा एक लाख रुपियाँ र दुई तोला सुन दिएपनि थप दाइजो बापत नगद एक लाख रुपियाँ नल्याएको भन्दै आरोपितले गालिगलौज तथा कुटपिट गरी शारीरिक तथा मानसिक दिएको पीडित महिलाको बुबा मलंगवा नगरपालिका-१२ गम्हरीया का ४६ वर्षीय सुरेश यादवको आरोप रहेको छ ।
कुटपिटका कारण घाइते भएकी पीडित महिलाको उपचार असार ८ गतेदेखि ११ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।
घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…