दसैँ विदा सकिसक्दा पनि विद्यालयमा पठनपाठन भएन
दसैँ विदा सकिसक्दा पनि विद्यालयमा पठनपाठन सुरू भएको छैन । दसैँ विदापछि असोज ३० गतेबाट विद्यालय खुलेर पठनपाठन हुनुपर्ने भएपनि कार्तिक ५ गते सम्म पनि विद्यालयमा पठनपाठन हुन नसकेको शभ्मुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयका प्रधानाध्यापक तुलाराज न्यौपानेले बताए ।
उनले भने-'विद्यालय खुला भए पनि विद्यार्थी आउँदैनन् अब तिहारपछि मात्र पूर्ण रूपमा पठनपाठन हुने जस्तो देखिन्छ ।' न्यौपानेका अनुसार विद्यार्थी नै पढ्न नआएकाले पठनपाठन नभएको हो ।
कर्णाली अञ्चलमा फागुन महिनादेखि शैक्षिक सत्र सुरू हुने र पुस ५ गते शैक्षिक सत्र सम्पन्न हुने व्यवस्था छ । उक्त अवधिमा २ सय दिन विद्यालय खुल्नु पर्ने, १ सय ९२ दिन पठनपाठन हुनुपर्ने व्यवस्था रहेपनि त्यसो हुन नसकेको भवानी प्रावि तातोपानीका शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष धनविर परियारले बताए ।
हिमशिखर उच्च माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत मुनबहादुर नेपालीका अनुसार शिक्षक र विद्यार्थी दुवैको विद्यालयमा उपस्थिति नभएका कारण पठनपाठन हुन नसकेको हो ।
निमित्त जिल्ला शिक्षा अधिकारी तुलराज चौलागाईले दसैँ विदा पछि विद्यालय सञ्चालनमा रहेको बताए । उनले भने-'शिक्षकसँग बुझदा विद्यालयमा विद्यार्थीहरू उपस्थित नभएका कारण पठनपाठन पूर्ण रूपमा हुन सकेको छैन । विद्यालय सञ्चालनका लागि सबै विद्यालयमा परिपत्र गरेका छौँ र विद्यालय व्यवस्थापन समिति पूनर्गठनका लागि स्रोत व्यक्तिहरूलाई पनि विद्यालयमा खटाएका छौँ ।'
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…