दसैँ, तिहार तथा छठ विदामा आयोग खुल्ला रहने 

राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठ विदामा पनि कार्यालय खुल्ला रहने जनाएको छ ।

आयोगद्वारा असोज १० गते जारी विज्ञप्तिमा आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप-क्षेत्रीय कार्यालयहरू आगामी दसैं, तिहार तथा छठ विदाका दिनहरूमा दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ-"आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको हो ।"

विदाको यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरू लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।


केशवराज भट्ट