दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र उनकी आमा ५० वर्षीया सुकुमारीदेवी साहले कात्तिक २ गते बाँधेर कुटपिट गरी दुर्व्यवहार गरेका छन् ।

शम्भुनाथ नपा-१ स्थित निमावि खोक्सर प्रवाहामा कक्षा ३ मा अध्ययनरत पीडितले कुरमुरे किन्न गएका बेला कात्तिक २ गते पसलबाट दश रुपियाँ चोरेको आरोप लगाउँदै आरोपितहरूले पीडित बालकलाई विद्यालयबाटै नियन्त्रणमा लिई दुबै हात र पाखुरा पछाडि बाँधेर घाममा लडाएर आधा घण्टा कुटपिट गरेको पीडितले बताए ।

हात र पाखुरामा डोरीको डाम र शरीरको विभिन्न भागमा चोटपटक लागेका पीडितको स्थानीय क्लिनिकमा उपचार गरेको पीडित बालकका काका अमोद यादवले बताए । पीडितका बुवा विनोदकुमार यादवले जिल्ला बाल कल्याण समिति सप्तरी र महिला तथा बालबालिका सेवा केन्द्रमा कात्तिक २ गते न्यायको माग गर्दै उजुरी समेत दिएका छन् ।


मनोहरकुमार पोखरेल