दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ ।
कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साहले अध्ययन, अनुसन्धान तथा तथ्य तथ्याङ्कका आधारमा दलित समुदायको सवालमा केन्द्रीत नीति तथा कार्यक्रम आउनुपर्ने बताउनु भयो । दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि नीति, संरचना र सहकार्यको माध्यमबाट थप पहल गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो–“ऐनलाई प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।”
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य रक्षाराम हरिजनले दलित सशक्तिकण ऐन आउनु नै महत्वपूर्ण रहेको बताउनु भयो । यसको कार्यान्वयनका लागि मुख्यमन्त्रीलाई झक्झकाई राख्नुपर्ने उहाँले बताउनु भयो ।
मधेस प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादवले मधेस प्रदेशमा दलित समुदायमा नागरिकता र जन्म दर्ताको समस्या रहेको बताउनु भयो । दलित समुदायमा रहेको समस्याको तथ्य तथ्याङ्क आउने गरी अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनु भयो ।
मधेस प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा.शिला मिश्रले मधेस प्रदेशका दलितमा गरिवी, अशिक्षा र वेरोजगारीको समस्या रहेको उहाँले उल्लेख गर्नु हुँदै मधेस प्रदेश सरकारले बनाएको दलित सशिक्तकरण ऐन र ऐनमा उल्लेखित प्रावधानहरूको कार्यान्वय आवश्यक रहेको बताउनु भयो ।
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य राज कुमार सिंहले दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो ।
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य रामचन्द्र यादवले दलित सशक्तिकरण ऐन अन्तर्गत रहेको अनुगमन समितिलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।
दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश वैठाले सरकारबाट दलित विकास समितिलाई पङ्गु बनाउने कार्य गरिएको बताउनु भयो । कर्मचारीहरूको पाँच महिनादेखि तलव नदिएको, दलित विकास समितिलाई सिमित बजेट विनियोजन गरेकोमा आक्रोश पोख्नु हुँदै समितिलाई अधिकार र स्रोतसाधन युक्त बनाउन सबैसँग उहाँले अनुरोध गर्नु भयो । समितिमा पीडितहरूले दिएको १८ उजुरीमा १२ उजुरीमा पहल गरेको र अन्य कानुनी प्रक्रियामा रहेको उहाँले जानकारी दिनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले दलितमाथिको विभेद र हिंसाका घटना बढिरहेकोले दलित सशक्तिकरण ऐनमा उल्लेखित मुख्यमन्त्रीको अध्यक्षतामा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समिति र स्थानीय तहमा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समिति अनिवार्य रुपमा गठन गरेर कार्यान्वयनका लागि स्पष्ट कार्यविधि बनाउनु पर्नेमा जोड दिनु भयो ।
दलित समुदायले भोगिरहेको विभेदको औपचारिक स्वीकारोक्ति हुनु र दलित सशक्तीकरण ऐनको पारित हुनु सकारात्मक कदम भएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो–“ऐनलाई प्रभावकारी बनाउनका लागि नीति, संरचना, र कार्यान्वयन तहमा सुधार आवश्यक छ ।”
मधेस प्रदेशका दलितको आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्थाको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाउन मधेस प्रदेश नीति तथा योजना आयोगलाई इन्सेक मधेस प्रदेश संयोजक पासवानले सुझाव दिनु भयो ।
दलित विकास समितिका प्रशासकीय प्रमुख देवेन्द्र झाले दलित सक्तिकरण ऐन कार्यान्वयन गर्ने निकायमा आफू रहेको उल्लेख गर्दै ऐनको प्रभावकारी कार्यान्वयमा लाग्ने बताउनु भयो ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित सशक्तीकरण ऐन कार्यान्वयनको वर्तमान अवस्था र आगामी पहलबारे प्रस्तुती गर्नु भयो । दलित सशक्तिकरण ऐनको प्रभावकारी कार्यान्वन हुन नसकेको उल्लेख गर्नु हुँदै मधेस प्रदेशको ३५ ओट जिल्लामा स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठनमा पहल गरिएको बताउनु भयो ।
अधिवक्त रिंकु यादवले मधेस प्रदेशमा बसोबास गरिरहेको दलितमा अशिक्षा, गरिवी र वेरोजगारीको समस्या रहेको बताउनु भयो । दलित समुदायमा जन्मदर्ताका समस्या रहेको उहाँको भनाई थियो । तर, दलित सशक्तिकरण ऐन पारित भएको पाँच वर्ष वितिसक्दा पनि ऐन प्रावकारी रुपमा कार्यान्वयन नहुनु दुःखद भएको बताउनु भयो ।
जनता समाजवादी पार्टीका नेता तथा दलित अधिकारकर्मी चन्देश्वर पासवानले दलित विकास समितिको उपाध्यक्ष अधिकार प्राप्त हुनु पर्नेमा उहाँलाई कर्मचारीले प्रभावकारी रुपमा कार्य गर्न नदिएको प्रति आक्रोश व्यक्त गर्नु भयो । दलित सशक्तिकरण ऐन कार्यान्वयनको मोड्यालिटी बनाउनु पर्ने उहाँले जोड दिनु भयो ।
संयुक्त दलित सङ्घर्ष समिति मधेस प्रदेशका अध्यक्ष रामो महराले दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि पटक पटक मुख्यमन्त्रीकोमा जाँदा पनि कार्यान्वयन नहुनु दुःखद भएको बताउनु भयो । दलित सशक्तीकरण ऐनको प्रभावकारी कार्यान्वयनका लागि सरकार र सरोकारवालाबीच थप सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो ।
सेफ नेपालका कार्यक्रम संयोजक विनोद महराले दलित सशक्तिकण ऐन कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनु भयो ।
इन्सेक मधेस प्रदेश
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…