दलित समुदायलाई अपमानित हुने गरी राखिएका गाउँका नाम पाटन नगरपालिकाद्वारा परिवर्तन
पाटन नगरपालिका क्षेत्र भित्र वर्षोदेखि दलित समुदायलाई थप अपमानित हुने गरी राखिएका २३ ओटा गाउँहरुको नाम परिवर्तन गरिएको छ ।
पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनु पर्ने बाध्यता थियो । तर, अहिले भने उहाँको गाउँको नाम सिर्जना टोल नामाकरण गरिएपछि आफ्नो गाउँको परिचय दिन र नाम बताउन गर्भ महसुस भएको उहाँ बताउनु हुन्छ ।
दलितलाई होच्याउने र अपमानित हुने गरी राखिएका, डुमेउडा, लुहार भ्वाँ, भुलेउडा जस्ता दलितबस्तीका अपमानित नामहरु फेरिएका छन् । अहिलेसम्म २३ ओटा दलितबस्तीका अपमानित नाम परिर्वतन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताउनु भयो ।
कुनै पनि वहानामा जातीय विभेद गर्नु कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अस्वभनिय भए पनि पाटन नगरपालिका क्षेत्रमा वर्षोदेखि दलित समुदायलाई थप अपमानित गरिने गरी दलितबस्तीका गाउँहरुको नामाकरण गरिएकोले नगर कार्यपालिकाबाट निर्णय नै गरेर दलितबस्तीका अपमानित नामहरु परिर्वतन गर्ने कार्यक्रम सुरु गरिएको उपप्रमुख बोहराले बताउनु भयो ।
पाटन नगरपालिका–५ स्थित दलितबस्तीको नाम डुमेउडाबाट फेरेर नयाँ नाम रानीघाटको साइनबोर्ड नै झुण्ड्याएको छ भने पाटन नगरपालका–६ स्थित ६ ओटा टोल र वाडा नम्बर ७ स्थित तीन ओटा टोल गरी २३ ओटा दलितबस्तीका नाम परिवर्तन गरिएको छ ।
नगरपालिकाबाट उपप्रमुखको टोली आएर दलितबस्तीका अपमानित नाम फेरेर रामपुर राखिएको पाटन नगरपालिका–१ का दलितराम बिकले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘उपप्रमुख आफैले नै नयाँ साइनबोर्ड बोकेर आउनु भयो । हामीले त कुनै योजनाको साइनबोर्ड होला भन्ने सोचेका थियौँ । तर, त्यो साइनबोर्ड त हाम्रै बस्तीको नयाँ नाम रहेछ । दलितबस्तीका अपमानजनक नाम फेरिएकोमा असाध्यै खुसी लागेको छ । ’
समाजमा अझै पनि जातीय विभेद कायमै रहेकोले नगरपालिकाले साइनबोर्डसँगै दलितलाई आत्मनिर्भर बन्न परम्परागत सीपलाई आधुनिकीकरण गर्न सहयोग गर्नु पर्ने उहाँको भनाइ छ ।
दलित समुदायको समाजिक र आर्थिक शसक्तीकरणका लागि नागरपालिकाले नीति तथा कार्यक्रमहरु बनाएर उहाँहरुको शिप र क्षमताको अभिबृद्धि गरी आत्मनिर्भर बनाउने योजना बनाएको पाटन नगरपालिकाका उप्रप्रमुख कमला बोहराले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…