दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म
समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ ।
बागलुङ सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका-३ धम्जामा दलित र गैरदलितहरू बिचको विभेदले 'जिउँदाको जन्ती र मर्दाको मलामी' भन्ने सामाजिक मान्यता समेत गलत सावित हुन पुगेको छ ।
धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय आजभोलि एक अर्काको जन्ती र मलामीसमेत जान छाडेका छन् । केही समय पहिलेसम्म जन्म र मृत्यु संस्कार पर्दा समूहमा जम्मा हुने, विवाह, व्रतबन्ध जस्ता कार्यमासमेत एक अर्कालाई निमन्त्रणा गर्ने गरेकामा आजकल सो परम्पराबाट उनीहरू अलग्गिएका छन् ।
पछिल्लो दुई महिनायता धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय एकआपसमा बोलचाल गर्नसमेत छाड्न थालेको स्थानीय भविलाल बिकले बताए । 'यो गाउँमा केही महिना पहिलेसम्म कसैको बिहेवारी र मृत्यु शोकमा छिमेकी गाउँसम्म एक साथ जाने चलन थियो । तर, केही समययता बिहेवारी हुँदा एकआपसमा निम्तो पनि नगर्ने र गरिहाले पनि निम्तोमा नजाने प्रवृत्ति सुरू भएको छ ।'-बिकले भने ।
'गत वैशाख ६ गते मेरी छोरीको बिहे थियो । गाउँका सबैलाई निम्तो पनि गरेको थिएँ । तर, कथित उपल्लो 'विष्ट' जातिका कोही पनि आएनन् ।'-बिकले भने-'दलित समुदायकोमा नजाने भनेर सरसल्लाह नै गरेका रहेछन् । मैले यहाँका अगुवाहरूलाई विशेष अनुरोध गर्दासमेत कोही पनि आएनन् ।'
गाउँघरमा जातीय विभेद विस्तारै कम हुँदै आएको भनिए पनि ठूलो भोजभतेरमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै व्यवस्था गरिँदै आएको छ ।
बिहेवारीमा मात्र होइन, विभेदका घटनाले मान्छे मर्दा मलामी जाने जस्तो विषयमा समेत दुवै समुदाय एकअर्काप्रति कठोर रूपमा प्रस्तुत हुन थालेका छन् । गाउँका छिमेकी रहेका रणबहादुर बिककी को मृत्यु हुँदा घरदेखि सागर जाने असौजेका कुनै पनि गैरदलित सो कार्यमा सहभागी भएनन् । सागर जान भनेर हिँडेका सर्सबहादुर श्रीषलाई पनि स्थानीय गैरदलित समुदायले बिच बाटैबाट फर्काएको दलित समुदायको भनाई छ ।
गाउँघरको एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठूलो खलल आएको स्थानीय अमरबहादुर श्रीषले बताए । 'पुर्खौँदेखि मिलेर बसेको समाजमा अहिले फेरि गम्भीर फुट आएको छ ।'- उनले भने-'यो विषय कुनै व्यक्ति विशेष र समुदायको नभएकाले कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । सिङ्गो समुदाय र सम्बद्ध निकाय सबै गम्भीर बन्नुपर्छ ।'
सहर बजारमा जातीय विभेद विरूद्ध चर्का भाषण र कार्यक्रमहरू भइरहेको समयमा यस्ता घटनाले आफूहरूलाई पनि झस्काएको वडाध्यक्ष यामबहादुर श्रीषले बताए । 'विभेदले समाजमा गहिरोसँग जरा गाडेर बसेको छ । अहिले विभेदको रूप फेरिएर झनै डरलाग्दो परिदृश्य देखिएको छ । यसले हामीलाई गम्भीर बनाएको छ ।'-अध्यक्ष श्रीषले भने-'यो संविधानमा लेखेर, ऐन कानुन बनाएर मात्र रोकिँदैन । यसका लागि सोच, चिन्तन पनि समयक्रमसँगै बदलिनुपर्छ । स्थानीय स्तरमै नागरिकहरूलाई सचेत बनाउन आवश्यक छ ।' विभेद अन्त्यका लागि जनप्रतिनिधिका हिसाबले खेल्ने सबैखाले भूमिका आफूले निभाउने उनले प्रतिबद्धता जनाए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…