'दलित र गैरदलितको मन्दिर अलगअलग'
खरकडा गाविसमा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग छन् । मन्दिर नै अलग भएपछि पूजापाठ पनि दलित र गैरदलितले छुट्टाछुट्टै मन्दिरमा गर्ने गरेका छन् । खरकडा गाविस-९ झलातीमा रहेका दुई वटा मन्दिरमा दलित र गैरदलित छुट्टाछुट्टै पूजा गर्ने गरेका हुन् ।
उक्त वडाको कैलपाल मन्दिरमा दलितले मात्र पूजा गर्ने गरेका छन् । कैलमाल मन्दिरमा पूजारी पनि दलितकै अलगै रहेका छन् । दलित बस्ती भन्दा तल बस्ने गैरदलितले तमैराज मन्दिरमा पुजा गर्ने गरेका छन् ।
'वर्षौँदेखि नै हामीलाई छुट्टै रूपमा पूजागर्न लगाइएको छ ।'-दलित अगुवा दानीराम पार्कीले भने-'पहिले देखिकै संस्कार अझै कायमै छ ।' पुरानो संस्कार रहेको कारण हटाउन पनि सकिएको छैन ।
परम्परागत रूपमा रहेको कुसंस्कारको कारण अहिले पनि मन्दिर प्रवेश हुन नसकेको हो । दलित समुदाय मन्दिर नजिक पुगेपनि मन्दिरको प्रसाद गैरदलितले छुट्टै दिने गरेको पार्कीको भनाइ छ । विभेदको महसुस भएपनि प्रचलन हटाउन समस्या रहेको उनले बताए ।
औपचारिक रूपमा मन्दिर प्रवेश गर्न रोक लगाइएको नभएपनि पुरानो संस्कारका कारण मन्दिर प्रवेश गर्न दलित समुदाय आफैँ पनि डराउने गरेको आनसिंह बगालले बताए ।
लेकम क्षेत्रका अधिकांश मन्दिरमा अझै पनि दलितले सहजै मन्दिरसम्म पहुँच रहेको छैन । मन्दिर प्रवेश गर्न संकोच मान्ने गरेको उनीहरू बताउँछन् । नेपालको संविधानले जातीय विभेदलाई प्रोत्साहन गर्न नपाइने उल्लेख भएपनि यो क्षेत्रमा भने अझैसम्म पनि यो क्षेत्रमा दलित गैरदलितले एकै ठाउँमा सहभोज जस्ता कार्यक्रम गर्न सकेका छैनन् ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…