दलित महिला वडा सदस्यको मृत्यु
हलेसी तुवाचुङ नगरपालिका–४ की वहालवाला दलित महिला वडासदस्य ४९ वर्षीया कमला परियारको वैशाख २२ गते उच्च रक्तचापका कारण मृत्यु भएको पीडित पक्षले जनाएको छ ।
नेकपा एमालेबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित हुनु भएकी परियारको उच्च रक्तचापका कारण मृत्यु भएको नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
वैशाख २२ गते उच्च रक्तचापका कारण अचेत भएपछि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको भनेर परिवारले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्स्पेक्टर शङ्करप्रसाद चौधरीले बताउनु भयो ।
पीडित पक्षले वैशाख २३ गते हलेसी तुवाचुङ नगरपालिका–४ स्थित बोझे खोलामा सद्गत गरेको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…