दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ ।
दलित भएको भन्दै वृद्धाश्रमले राख्न अस्वीकार गरेपछि पीडितले वृद्धाश्रम र वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायविरूद्ध ०८० मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
सन्तानविहीन शोभा उर्लावारीमा अलपत्र अवस्थामा बस्दै आउनु भएको थियो, ०८० मङ्सिर १४ गते उर्लावारी नगरपालिका-१ वडा कार्यालयबाट शोभालाई वृद्धाश्रममा राख्नका लागि सिफारिससहित लिएर आउँदा वृद्धाश्रमले दलित भएको भन्दै राख्न अस्वीकार गरेको उर्लावारी नगरपालिका-१ की वडासदस्य टीका भुजेलले बताउनु भयो ।
शोभा दलित भएको भन्ने थाहा पाएपछि, दलितलाई राखे वृद्धाश्रममा अरू बस्दैनन् भनि वृद्धाश्रमले मङ्सिर १४ गते फिर्ता गरेको वडासदस्य शोभाले बताउनु भयो ।
वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायले भने शोभाले लगाएको आरोप खण्डन गर्नु भएको छ । आचार्यले दलित भएकै कारण शोभालाई नराखिएको होइन, वृद्धाश्रम साँघुरो भएको र भरिएकाले शोभालाई नराखिएको बताउनु भएको छ ।
अधिकारकर्मी उमेश विश्वकर्माले जातीय छुवाछूत अनुसार दोषीलाई कारबाहीकोे माग गर्दै प्रहरीमा उजुरी दिएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले आरोपितविरूद्ध प्रहरीमा उजुरी आएको बताउनु भयो । डिएसपी दाहालले उजुरी र घटनाका विषयमा अनुसन्धान थालिएको बताउनु भएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…