दलित भएकै कारण मन्दिर प्रवेश नपाएको घटनामा मिलापत्र
सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी २७ वर्षीया कृष्णकुमारी गजमेरले दलित भएकै कारण मन्दिरमा पुजा गर्न प्रवेश नपाएको विषयमा फागुन ७ गते मिलापत्र गरिएको छ ।
फागुन ६ गते शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारको शिव मन्दिरमा दलितलाई गमजेरलाई शिव मन्दिरको रेखदेख गर्दै आएका २४ वर्षीय लक्ष्मण गुरुङले मन्दिर प्रवेश रोकमा रोक लगाएपछि दलित समुदायका स्थानीय जातीय विभेद भएको भन्दै आन्दोलित भएका थिए ।
मन्दिर प्रवेश नपाएको भन्दै फागुन ६ गते दलित समुदायले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै जातीय विभेद भएको भनि ज्ञापन पत्र बुझाएका थिए ।
शिव मन्दिर संरक्षण समितिका पदाधिकारीहरूले मिलेमतोमा दलितलाई अवरोध गरेको भन्दै दलित समुदायले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
दलितलाई सार्वजनिक स्थलहरूमा निर्वाध प्रवेश र पहुँच हुनुपर्ने, सबै मन्दिरहरूमा दलितलाई पूजाआजा गर्न दिनुपर्ने माग राखेर ज्ञापन बुझाइएको र मन्दिर प्रवेश गर्न नदिएको विषयमा मिलापत्र गरेको दलित अगुवा युवराज गजमेरले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा फागुन ७ गते मिलापत्र गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयका एसपी दीपकबहादुर केसी र पीडित पक्षको उपस्थितिमा पाँच बुँदे निर्णय गरेर मिलापत्र गरिएको हो ।
मन्दिरहरूमा लगाएको ताला खोल्ने, सबै दलितलाई निर्वाध रूपमा प्रवेशको वातावरण बनाउने, मन्दिर व्यवस्थापनमा दलितको प्रतिनिधित्व गराउने, अब उप्रान्त दलितलाई मन्दिर प्रवेश गर्न रोक लगाउने माथि कारवाही गर्ने भन्ने निणर्य गरेर मिलापत्र गरिएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको भनाइ छ ।
नेपालको संविधानको प्रस्तावना, जातीय तथा अन्य छुवाछुत र भेदभाव (सजाय र कसुर) ऐन, २०६८ ले जातीय तथा अन्य सामाजजक छुवाछूत र भेदभाव विरुद्धको अधिकार हरेक नागरिकको सुरक्षित गरेको छ ।
सो ऐनमा प्रत्येक व्यक्तिलाई जातीय तथा अन्य छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार हुने, सामाजिक सेवामा समान पहँुचको अधिकार, सार्वजनिक स्थानमा समान पहुँचको अधिकार हुने, कसैले जातीय तथा अन्य छुवाछूत र भेदभाव गर्न, दुरुत्साहन गरेमा ऐन बमोजिमको कसूर गरेको मानिने उल्लेख छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…