दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको पीडितको आरोप
भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकले आफू दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको आरोप लगाउनु भएको छ ।
भोक्राहा नर्सिङ गाउँपालिका-७ नरसिंह स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जदुलाल साह र भोक्राहा नर्सिङ गाउँपालिका-७ का वडाध्यक्ष बौवालाल यादवले ०८१ साउन २३ गते मरिक दलित भएकै कारण घरमा तोडफोड गरेको पीडितको आरोप छ ।
भोक्राहा नर्सिङ गाउँपालिका-७ नरसिंह स्थित जनता माध्यमिक विद्यालयको जग्गामा शिवन मरिकले घर बनाएका कारण प्रहरीको सहयोगमा घर भत्काइएको वडाध्यक्ष बौवालाल यादवले बताउनु भयो ।
सुकुम्बासीका नाममा सरकारी र विद्यालयको जमिन अतिक्रमण गरी शिवन मरिकले घर बनाएपछि भत्काएको वडाध्यक्ष यादवको भनाइ छ ।
आफ्नो घर प्रहरीको सहयोगमा शिक्षक र जनप्रतिनिधिले भत्काइ दिएपछि मरिक परिवारले अन्यायमा परेको भन्दै न्यायका लागि पहल गरिदिन साउन २३ गते इन्सेक र राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा निवेदन दिएको छ ।
जनता माध्यमिक विद्यालयको जग्गामा ७० ओटा भन्दा बढी घरटहरा र पक्की संरचना समेत रहेकोमा अरूलाई केही नगरी, नभनि आफू मरिक दलित सुकुम्बासी भएको कारणले घरमा बस्न नदिने, दैलोमै रोक्दै वाल तोडफोड गरेको पीडित शिवन मरिकको भनाइ छ । विगत ५० वर्षयता सो ठाउँमा बस्दै आएको पीडित मरिकको भनाइ छ ।
पीडितले न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन दिएपछि इन्सेकले जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जदुलाल साहसँग घटनाका विषयमा जानकारी लिएको छ । इन्सेक सुनसरी प्रतिनिधिले प्रधानाध्यापक साहसँग दलित र सुकुम्बासी भएकै कारण शिवन मरिकको घर तोडफोड गरिएको हो ? भन्ने जिज्ञासामा प्रधानाध्यापक साहले विद्यालयको जग्गामा शिवन मरिकले पक्की संरचना निर्माण गर्न थालेपछि पक्की संरचना नबनाउनु भन्दै केही इट्टा हटाइदिएको बताउनु भयो । सरकारी जग्गा भएकाले पक्की संरचनामा रोक लगाएको तर दलित भएकै कारण कोही कसैलाई विभेद नगरिएको बताउनु भएको छ ।
इन्सेकको जिज्ञासामा भोक्राहा नरसिंह गाउँपालिका-७ का वडाध्यक्ष बौवालाल यादवले प्रहरी र प्रधानाध्यापकले बोलाएपछि घटनास्थलमा पुगेको तर दलित वा सुकुम्वासी भएकै कारण कोही कसैलाई विभेद नगरिएको बताउनु भएको छ ।
नेपालको संविधानले धारा ३७ मा आवासको हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।
संविधानले धारा ४० मा दलितको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एक पटक जग्गा जमिन उपलब्ध गराउनुपर्ने, उपधारा ६ मा राज्यले आवासहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने उल्लेख छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…