दलित बस्तीमा स्वच्छ खानेपानीको समस्या
पर्वतको कुश्मा नगरपालिका– १ स्थित पाङ जुकेपानी गाउँका १५ घरधुरीमा बसोबास गर्ने दलित समुदायले खानेपानीको समस्या झेल्दै आएका छन् । चार वर्ष अघिबाट जनश्रमदानमा खानेपानीको ट्याङ्की बनाएको भए पनि योजनाले पूर्णता नपाउँदा र आवश्यकता अनुसार पाइप उपलब्ध नहुँदा पानीको समस्या झेल्नुपरेको हो ।
चार वर्ष अघि ट्याङ्की बनाउनका लागि वडा कार्यालयले तीन लाख र दलित बस्तीका ज्येष्ठ नागरिक देखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए । तर आर्थिक समस्याका कारण करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन नसक्दा करिव एक किलोमिटर टाढाबाट डोकोमा पानी बोकेर खानुपर्ने अवस्था रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।
स्थानीय सरकारले नगरपालिका भित्र ‘एक घर एक धारा’ को अवधारणा भित्राएको भएपनि आफू बत्तीमुनीको अध्यारो भएको स्थानीय महिला सुमित्रा विश्वकर्माले गुनासो गर्नुभयो । पर्वतको कुश्मा नगरपालिका–१ को जुकेपानी भन्ने गाउँ जलजला गाउँपालिकाको सिमानामा पर्ने दुर्गम स्थल हो । जुकेपानीमा रहेका दलित बस्तीकी ज्येष्ठ नागरिक महिला सरस्वती विश्वकर्माले खानेपानीका लागि घण्टौँ हिँड्नु परेको दुःखेसो पोख्दै भन्नुभयो ।
पानी पाउने ठाउँमा पनि कमेरोसहितको माटो तर्काएर पानी निकाल्दा गाग्री भर्न पनि आधा घण्टा लाग्ने स्थानीयको गुनासो छ । त्यहाँका १५ घरमा करिब ७० जना दलित सदस्यको बसोबास छ । आर्थिक रूपमा विपन्न दलित बस्तीका अधिकांश सदस्य किसान र ज्याला मजदुरी गर्छन् । कुश्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलले दलित बस्तीमा खानेपानीको समस्या टड्कारो रहेको उल्लेख गर्दै खानेपानीको समस्या समाधान गर्न आफूले नगरपालिकामा पटक पटक गुनासो गरेको बताउनुभयो । उहाँले तत्काल समस्याको समाधान नभएपनि केही महिना पछि समस्या समाधानको विकल्प हुन सक्ने बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…