दलित बस्तीमा भिषण आगलागी, बस्ती नै सखाप (फोटोफिचर)

  सिरहा । ०७३ चैत २९ गते

सखुवा नन्कारकट्टी गाउँपालिका-४ सिम्राहाको दलित बस्तीमा चैत २८ गते दिउँसो भएको आगलागीले २९ घर परिवारको बस्ती जलेर सखाप भएपछि महिला र बालबालिकाहरूको बिजोग भएको छ ।

बस्तीका महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर स्थानीय जोगिन्द्र मण्डलको परालको कुन्यूमा सल्किएपछि आगलागी फैलिएको थियो । आगलागीको समयमा महिला तथा घरका पुरुषहरू खेतमा काम गर्न गएकाले बढी क्षती भएको हो ।

दुई जना सुत्केरी, दुई जना गर्भवती महिला तथा बिरामी बच्चाहरूसहित १ सय ४० जनाको जनसङ्ख्या रहेको बस्तीमा २९ गते बिहान मात्र सरकारी राहत टोली राहत लिएर पुगेको थियो ।  रातभर आगलागी पीडितहरू खुल्ला आकाशमुनी बसेका थिए ।

जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक समेत रहेका सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण अधिकारीसहित, जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी सिरहाका पदाधिकारीहरूको राहत टोलीले पीडित परिवारलाई नगद पाँच हजारसहित त्रिपाल, भाँडावर्तन, कपडा, खानेकुरालगायतका अत्यावश्यक सामग्री बाँडेको प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले बताए ।

U

U

U

U

U

U

U

U

U

U

U

U

U


दुर्गा परियार