दलित छात्रछात्राको लागि सहयोगस्वरुप प्राप्त साइकल गोदाममा अलपत्र
भारतीय दुतावासले शिक्षामा दलित वर्गको सहभागिता बढाउन मध्यामिक तहमा अध्ययनरत छात्रछात्राका लागि उपलब्ध गराएको साइकल गोदाममै थन्क्याइएको छ ।
सर्लाहीमा दलित विद्यार्थीलाई वितरण गर्न खरिद भएको साइकल जिल्ला विकास समितिको गोदाममा थन्क्याएर अलपत्र पारिएको हो ।
जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितका कर्मचारीबिच समन्वय नहुँदा गरिब, दलित विद्यार्थीका लागि प्राप्त साइकल गोदाममा राख्नुपरेको अधिकारीहरूले बताएका छन् ।
जिल्लामा माध्यामिक तहमा अध्ययनरत ५ सय दलित विद्यार्थीलाई भारतीय दुतावासको आर्थिक सहयोगमा वितरण गर्न खरिद गरिएको साइकल जिल्ला विकास समितिको सभा हलमा थन्क्याइएको छ ।
शिक्षामा दलित वर्गको सहभागिता बढाउन भारतीय दुतावासको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी जिविसले साइकल दलित छात्रछात्रालाई वितरण गर्नु पर्ने थियो । तर, साइकल खरिद भएको ६ महिना बितिसक्दा पनि विद्यार्थीले साइकल पाउन नसकेको अभिभावकहरूको गुनासो छ ।
गत जेठ १७ गते सदरमुकाम मलङ्गवामा भव्य कार्यक्रम गरी भारतीय दुतावासका दितीय सचिव ग्यनविर सिंहको उपस्थितिमा केही विद्यार्थीलाई साइकल वितरण गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको सूची नपठाएका कारण साइकल बितरण हुन नसकेको जिविस सर्लाहीका अधिकृत पुष्कर घिमिरेले बताए ।
जिल्ला शिक्षा कार्यालयका कर्मचारीका अनुसार जिविसले साइकल वितरण गर्न कुनै सूची मागेको छैन । जिल्ला विकास समितिको सभाहलमा अलपत्र साइकल विद्यार्थीलाई वितरण गर्न सूचना निकालिएको र केही दिन भित्रै वितरण गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
दलित छात्रछात्रलाई मावि तहमा अध्ययनका लागि हौसला बढाउन आएको सहयोग जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयको बेवास्ताका कारण अलपत्र परेको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ सर्लाहीका अध्यक्ष राजेश पासवानले बताए ।
गरिबीका कारण शिक्षाबाट वञ्चित भएका दलितका छोरोछोरीलाई अनुदानको साइकल वितरण गरेर हौसला बढाउनु पर्ने अधिकारीहरूले बालबालिकाको हौसला झन् कमजोर बनाउने काम गरेको पासवानले आरोप लगाए ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…