दलितले टिका लगाइदिएको आरोपमा बेहुलीको टिका पखालियो
गेलु गाविस-७ मा दलित समुदायका निम्तालुले बेहुलीलाई टिका लगाइदिएको आरोपमा स्थानीय गैरदलित समुदायको एक समूहले टिका पखालेर पुनः टिका लगाइदिएका छन् । यो विषयलाई लिएर दलित समुदायले आफूहरू माथि जातीय विभेद भएको भन्दै विरोध जनाएका छन् ।
स्थानीय सिताराम लोहारका अनुसार गेलु-७ को पेटासीका दुर्गाबहादुर पुलामीकी छोरी हिरा पुलामी मगरको असोज २५ गते भएको वैवाहिक कार्यक्रममा स्थानीय दलित समुदायका मानिसहरूलाई समेत बोलाइएको थियो ।
विवाहमा आएका दलित समुदायका निम्तालुले बेहुलीलाई टिका लगाएर दक्षिणा दिन खोजेपछि गैरदलित समुदायको उक्त समूहले उनीहरूलाई टिका लगाउने थाली र स्थान समेत छुट्टै बनाइदिएका थिए । सोही स्थानमा गएर उनीहरूले बेहुलीलाई टिका लगाइदिएको लोहारले बताए ।
दलित समुदायका निम्तालुले टिका लगाइदिए पछि गैरदलित समुदायका निम्तालुले बेहुलीको टिका पखालेर थालीसमेत माझेर पुनः टिका लगाउन लागेपछि दलित समुदायका निम्तालुले त्यसको विरोध गरेका थिए ।
सोही विषयलाई लिएर दलित र गैरदलित समुदायका निम्तालुहरू बिच विवाद भएको थियो । सो क्रममा स्थानीय टिका पुलामीलगायतका मगर समुदायका निम्तालुहरूसँग दलित समुदायका सिताराम लोहार, रवि विक, मिनबहादुर विकलगायतले जातीय विभेद नगर्न अनुरोध गरेका थिए ।
टिका पुलामीलगायतले दलित समुदायले छोएको आफूहरूले चलाउन नसक्ने भन्दै सोही कार्यक्रममा अपमान र गाली बेइज्जती गरेको सिताराम लोहारले आरोप लगाए ।
यो घटना सार्वजनिक गरे गाउँ निकाला गर्ने धम्की दिएको लोहारले बताए । यस विषयमा आफूले राष्ट्रिय दलित आयोगलाई समेत जानकारी गराइसकेको उनले इन्सेक रामेछाप जिल्ला प्रतिनिधिलाई बताए ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…