दलितबस्तीमा खानेपानीको समस्या
सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६ थलागाउँस्थित दलितबस्तीमा खानेपानी नहुँदा समस्या भएको स्थानीय नरेन्द्र विकले बताउनु भयो । हिउँदमा खोलाको पानी र वर्षा सुरु भएपछि आकासे पानी पिउनुपर्ने बाध्यता रहेको छ ।
साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको र चुनावका बेला सबैको घरघरमा धारा दिन्छौँ भनेर आएकार उम्मेदवारहरुलाई भोट दिएर जिताउँदा अहिले कसैले पनि पहल नगरेको उहाँले बताउनु भयो ।
निर्वाचनका बेला बिभिन्न राजनीतक दलका उम्मेदवारहरुले खानेपानीको धारा दिने आश्वासन दिनेगरेको भए पनि चुनाव जितेपछि वास्ता नगर्ने गरेको स्थानीयहरुको आरोप छ । स्थानीयदेखि संघ र प्रदेशका नेताले निर्वाचनका क्रममा गरेका वाँचा बिर्सिएको दलित समुदायको गुनासो छ ।
दलितबस्तीमै रहेको भूमिराज माध्यमिक विद्यालय, थलाका विद्यार्थी समेत खानेपानीबाट वञ्चित रहेको स्थानीय दीपेन्द्रसिंह धामीले बताउनु भयो । विद्यालयमा आउने खानेपानी जीर्ण हुँदा पानीको समस्या छ । २ सय ८४ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरुले घरबाटै पानी बोकेर लैजानु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
सिगास गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जेतबहादुर साउदले प्रयाप्त मात्रामा बजटे नहुँदा खानेपानी समस्या समाधान गर्न नसकिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दतिलबस्तीमा खानेपानी समस्या छ । खानेपानी समस्या समाधान गर्न वडा कार्यालयमा प्रयाप्त बजेट छैन् । यो समस्या समाधान गर्न डिभिजन खानेपानी कार्यालयमा अनुरोध गरेका छौँ ।’ खानेपानी आयोजना सञ्चालनमा आएमा दलितबस्तीबाट एक घण्टाको दुरीमा रहेको करमडे मुहान र जोगेनी मुहानबाट पानी ल्याउन सकिने वडाध्यक्ष साउदले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…