दलितबस्तीका नागरिक खोलाको पानी पिउन बाध्य
सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका छन् ।
सदरमुकाम खलंगामा जोडिएको स्कीम नम्बर १ को मालभेला क्षेत्रमा खानेपानीको लाइन भत्किएपछि अहिले लास्कुबस्तीका दलित समुदाय खोलाको पानी पिउन बाध्य भएका हुन् ।
निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा यहाँका पाँच दलित परिवारले दुई सातादेखि खोलाको दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानी जोडिएको ठाउँमा पाइप अवरुद्ध भएपछि यो ठाउँमा खानेपानी आाएको छैन् । धारामा पानी नआएपछि दुई सातादेखि लास्कु खोला भएर बग्ने दुषित पानी पिउन बाध्य भएको स्थानीय भागरथी लावडले बताउनु भयो ।
पानी पाइप बनाइ दिन पटकपटक अनुरोध गर्दा पनि अहिलेसम्म घरको धारामा पानी आएको छैन् अमर पार्कीले भन्नु भयो, खोलाको पानी खाँदा बालबालिकामा समेत झाडापखाला रुघाखोकी लागेको छ । धारामा पानी आउँदैन्, नजिक पानीको मुहान नभएपछि त्यही खोलामा आएको पानी ल्याएर खाने गरेका छौँ ।
मालबेला क्षेत्रमा वर्षायाममा जहिल्यै खानेपानी अवरुद्ध हुने गरेको छ । यस्तै अवस्था रह्यो भने वर्खाको बेला कसरी पानी खाने भन्ने चिन्ता छ, छन्ना तिंकरी कन्या माविमा अध्ययनरत सरीता पार्कीले भन्नु भयो । खानेपानी बनाउन कोहिँ आउँदैनन् । हाम्रो पानीको समस्या बारे थोरै परिवार भएका कारणले चासो दिएका छैनन् । बढि परिवार भएको भए यहि बजार क्षेत्रमा मान्छे बनाइ हाल्थे, हाम्रो समस्या माथि पु¥याइ दिने कोहि नहुँदा खानेपानी पिउनबाट वञ्चित भएका छौँ ।
नागरिकलाई सुद्ध खानेपानी दिनु पर्ने संविधानमा मौलिक हक भए पनि यहाँका दलित समुदायका नागरिकले दुई सातादेखि खोलाको दुषित पानी पिउनु परेको स्थानीयको गुनासो छ ।
बाढीपहिरोले खानेपानीको मुख्य लाइन बगाउँदा क्षति पु¥याएकाले खानेपानीको समस्या आएको खलंगा खानेपानी स्कीम नम्बर १ का पलम्बर नरेन्द्र कामीले बताउनु भयो । खानेपानी समस्याबारे कार्यालयलाई जानकारी गरिएको छ, उहाँले भन्नु भयो, दुई तीन दिनभित्र समान ल्याएर समस्या समाधान गर्ने तयारी छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भए पनि सदरमुकाम खलंगा नजिकका दलित समुदायका नागरिकले भने दुषित पानी पिउन बाध्य छन् ।
महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर चुनाराले खानेपानी समस्या समाधान गर्न खानेपानी निर्माण समितिलाई चाडो भन्दा चाडो खानेपानी समस्या समाधान गर्न आग्रह गरेको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…