दलितको पुण्य तीथिमा आयोजना गरिएको भोज गैर दलित समूदायले बहिस्कार गरेको आरोप
बंगलाचुली गाउँपालिका–८ गोठिवनमा दलितको पुण्य तीथिको भोज गैर दलितले साउन २३ गते बहिस्कार गरेको आरोप लगाएका छन् । पीडित पक्षका अनुसार उनीहरूले दलित र गैर दलितको लागि अलग–अलग भान्सा नबनाएको भन्दै भोज बहिस्कार गरेका हुन् ।
७६ वर्षीय भीमबहादुर विकको पुन्य तीथिको भोजलाई गोठिवन टोलका २८ जना गैरदलित समूदायले बहिस्कार गरेको पीडित परिवारका नारायण विकले बताउनु भयो । उहाँले जातीय छुवाछुत अन्त्य भएको लामो समय भइसक्दा पनि स्थानीय समुदायले आफूहरु माथि गम्भीर प्रकारको जातीय विभेद गरेको गुनासो गर्नु भयो ।
नारायणका हजुर बुवाको ०८० साउन १० गते मृत्यु भएको थियो । नारायणका अनुसार गैर दलित र दलितकालागि अलग भान्सा बनाउने भनी गैर दलित अगुवा सुर्यबहादुर केसीसँग सल्लाह माग्दा दलित र गैर दलितको अलग–अलग भान्सा नबनाउने भए हामीले भोज वहिस्कार गर्दछौँ भनेका थिए । समाज २१ औं सताब्दीमा पुगी सक्दासमेत किन भान्सा दुईवटा बनाउने एउटै बनाउने भने पछि गैर दलितको आन्तरिक बैठक बसी भान्सा बहिस्कार गरेको पीडितले आरोप लगाउनु भयो ।
गोठिवनमा गाउँको परम्परा अनुसार गाउँमा कसैको मृत्यु भएमा हरेक घरबाट ३ सय रूपियाँका दरले प्रत्येक घरबाट रकम उठाउने चलन रहेको भएपनि आफूहरु दलित भएकै कारण २८ घरले रकम पनि नउठाएको नारायणले गुनासो गरे ।
गोठिवन टोलका ३२ घर गैर दलितहरु मध्ये चार घरले मात्र गाउँको चलन अनुसार रकम उठाएको पीडित विकले बताउनु भयो । उक्त टोलमा २७ घर दलित र अन्य गैरदलितहरू रहेका छन् ।
आरोपित मध्येका हरीबहादुर घर्ती क्षेत्रीले ज्येष्ठ नागरिक र अग्रजहरूले अहिलेसम्म एउटै भान्सा प्रयोग नगरेको भएर आफूहरू सहभागी हुन नसकेको बताउनु भयो ।
बंगलाचुली गाउँपालिका–८ का वडा अध्यक्ष झविन्द्रबहादुर गाहामगरले यस घटनाको विषयमा आधिकारीकरुपमा जानकारी नभएको बताउनु भयो ।
शालिकराम डाँगी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…