दलहरू उत्तरदायी भए स्वच्छ निर्वाचनः अध्यक्ष प्याकुरेल,निर्वाचन धाँधलीरहित बनाउने बारेमा उम्मेदवारहरूको प्रतिबद्धता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल, नागरिक समाज र आम नागरिक स्वच्छ निर्वाचनका लागि अघि सर्नुपर्ने बताएका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत वैशाख २२ गते गोरखा नपा-१ ताप्लेका मुस्लिम समुदायसँग भएको मानव अधिकार र निर्वाचन विषयक मतदाता शिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष प्याकुरेलले निर्वाचनको मतपत्रका बारेमा मतदातामा अलमलको अवस्था रहेका कारण सबै उम्मेदवार मिलेर भोट हाल्ने तरिकाबारे मतदातालाई जानकारी गराउनुपर्ने बताए ।
'यस निर्वाचनमा मतदाता मतपत्रमा अलमलिने सम्भावना छ ।'-उनले भने । सबै सचेत वर्ग र राजनीतिक दलका प्रतिनिधि समेत मिलेर भोट हाल्ने तरिकाबारे शिक्षा दिनुपर्ने र निर्वाचन स्थलमा आवश्यक पर्ने सामग्री जुटाउनुसमेत सबैको दायित्व हुने अध्यक्ष प्याकुरेलको भनाई थियो । अध्यक्ष प्याकुरेलले उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरे नगरेको विषयमा चनाखो बन्न पनि सर्वसाधारणलाई आग्रह गरे ।
कार्यक्रममा मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले चुनाव नजिकै आउँदा पनि मतदातालाई स्थानीय तहको निर्वाचनको महत्वका बारेमा खासै जानकारी नभएको बताए । अर्यालले २०१५ सालदेखि नै नेपाली जनताले भोट हालेको बताउँदै आफ्नो आत्मा र मनले इच्छाएको व्यक्तिलाई भोट हाल्न पाउनु जनताको अधिकार भएको बताए ।
कार्यक्रममा गोरखा नपा-१ ताप्लेका नेपाली काङ्ग्रेस तर्फका वडा अध्यक्षका उम्मेदवार रहम तुल्ला मियाँले एक उम्मेदवारले अर्को उम्मेदवारलाई आक्षेप लगाएर मत माग्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।
स्वच्छ रूपमा निर्वाचन सफल बनाउन आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । त्यस्तै नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार देवी श्रेष्ठले धाँधली रहित चुनावका लागि आफू प्रतिबद्घ रहेको बताए ।
यसैगरी नयाँ शक्ति पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका रवि रानाले आफ्नो पार्टीको तर्फबाट निर्वाचन स्वच्छ बनाउने प्रतिबद्घता जनाए ।
स्वच्छ निर्वाचनका लागि साझा अभियानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल मानव अधिकार सङ्गठन(ह्युरोन), निर्वाचन पर्यवेक्षण समिति नेपाल, सामुदायिक रेडियो प्रशारक सङ्घ र बहिर्गमित पूर्व लडाकु नेपाललगायतका सङ्घसंस्था रहेका छन् ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…