दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा प्रसुती गृहको सेवा बन्द
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराकी शहनशिला केसी फागुन २० गते बिहान ५ बजे पीकअप जीपमै सुत्केरी हुनुभयो । रातको १२ बजेबाट व्यथाले च्यापेपछी शहनशिलाका परिवारले गाउँकै स्वास्थ्य चौकीमा लैजान खोजेका थिए ।
तर, शहनशिलालाई केही दिन पहिले चेकजाँच गर्न जाँदा स्वास्थ्य चौकीमा सुत्केरी गराउने स्वास्थ्यकर्मी नभएको भन्दै त्यहाँका स्वास्थ्यकर्मीले सदरमुकाम जान सल्लाह दिएका थिए ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभए पछि शहनशिलाका परिवारले धौलागिरी अस्पताल ल्याउन पीकअप जीप बोलाए । सदरमुकामबाट जीप गाउँ पुग्दा विहानको ४ बजी सकेको थियो । जीपमा राखेर सुत्केरी व्यथाले च्यापेकी केसीलाई परिवारले सदरमुकाम ल्याउँदै थिए, तर, काठेखोला गाउँपालिका–१ स्थित अक्षते आइपुग्दा जीपमै बच्चा जन्मियो ।
नवजात शिशु र शालनाल सहितकी सुत्केरी लिएर करिब १ घण्टापछी जीप धौलागिरी अस्पताल आइपुग्यो । तर, अत्याधिक रत्तश्राव भएको भन्दै स्वास्थ्कर्मीले केही समय ढिला भएको भए सुत्केरीको अवस्था गम्भिर हुन सक्ने बताए ।
तीन दिनको कष्टकर अस्पताल बसाईं सम्झदै शहनशिला भन्नुहुन्छ, गाउँमा बर्थिङ सेन्टर हुँदा हुँदै पनि स्वास्थ्यकर्मी नहुँदा झण्डै मेरो ज्यान गएन ।
काठेखोला गाउँपालिका–२ स्थित भीमापोखरा स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेब, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी ६ जनाको दरवन्दी छ ।
६ जनाको दरवन्दी रहेको स्वास्थ्य चौकी हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ ।
‘बर्थिङ सेन्टर’ समेत रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी अभाव भएपछि प्रसुती सेवा प्रभावित बनेको छ । प्रसुती सेवामा खटिनु पर्ने अनमी दरवन्दीका जनशक्ति नहुँदा सेवा अवरूद्ध भएको हो । स्वास्थ्य चौकीबाट प्रदान हुनुपर्ने सेवा प्रभावित भएपछि भीमापोखराका गर्भवती सुत्केरी हुन मात्र होइन् गर्भ परीक्षण गर्नको लागि पनि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् ।
स्वास्थ्यचौकीका कार्यरत दुई जना अनमी मध्ये एक जना अनमी अध्ययन विदा र एक जनाले माघ पाँच गते अनिवार्य अवकास लिएपछि प्रसुती सेवा पूर्ण रूपले बन्द भएको हो ।
पछिल्लो आठ महिनादेखी स्वास्थ्य चौकीमा दुई अहेव र एक अनमीको दरबन्दी रिक्त रहेको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताउनुभयो । स्वास्थ्यकर्मी सँगै दरवन्दी अनुसारका अन्य जनशक्ति नहुँदा प्रसुती सेवामात्र होइन, अन्य स्वास्थ्य सेवा पनि प्रभावित बनेको छ ।
कोभिड संकटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक जना सिनियर अहेव गाउँपालिकाले बोलाएको थियो । अहिले सम्म सिनियर अहेव स्वास्थ्य चौकीमा फिर्ता नपठाएको सापकोटाले बताउनुभयो । सामान्य स्वास्थ्य सेवा आफु एक्लैले हेर्ने गरेको भएपनि बर्थिङ सेन्टरको सेवा बन्द रहेको सापकोटा बताउनुहुन्छ ।
स्वास्थ्य चौकीबाट प्रसुती सेवा प्रभावित बनेको गुनासो आएपनि प्रदेश र केन्द्रबाट गाउँपालिकाको दरवन्दी अनुसार स्वास्थ्यकर्मी नपठाएको भएर समस्या समधान गर्न समस्या भएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख एवम् जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले बताउनुभयो ।
अति आवश्यक क्षेत्रमा जनशक्ति खटाउने गरी करारमा कर्मचारी भर्ना गर्ने सोच बनाएको भएपनि आर्थिक नियमावली र स्वास्थ्य ऐनले रोकेको जनस्वास्थ्य अधिकृत लामाको भनाई छ ।
‘करारमा कर्मचारी भर्ना गर्न पनि ऐनले रोक्यो,’ उहाँले भन्नुभयो–‘दरवन्दी अनुसारको कर्मचारी पठाईदिनुस् भनेर प्रदेश र केन्द्रलाई भन्दा पनि अन्य पालिकामा पठाउनुभयो हाम्रोमा पठाउनु भएन ।’
आठ स्वास्थ्य चौकी र चार सामुदायिक स्वास्थ्य इकाई रहेको काठेखोला गाउँपालिकामा ४४ जनाको दरवन्दी रहेपनि अहिले २९ जना मात्र कार्यरत रहेका छन् । १५ जनाको दरवन्दी खाली छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…