दरबन्दी अनुसार शिक्षक अभावका कारण पठनपाठनमा समस्या
चन्द्रपुर नगरपालिका–८ मोतिपुरस्थित शिवशक्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएको छ ।
अभिभावक रेखा चौधरीका अनुसार दरबन्दी अनुसार शिक्षक नहुँदा पढाइ राम्रो हुँदैन । स्थानीय जोखन विश्वकर्माले बालबालिकाको पढाइ राम्रो नभएको आरोप लगाउनु भयो ।
आधारभूत विद्यालयमा कम्तीमा पनि आठ जनाको दरबन्दी हुनुपर्नेमा बालशिक्षा, राहत कोटाबाट समेत गरेर पाँच जना शिक्षक कार्यरत रहेको विद्यालय प्रशासनले जनायो । यो विद्यालयमा २ सय ७ जना विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ ।
कार्यविभाजनको हिसावले हेर्ने हो भने एक जनाले बालशिक्षा मात्र हेर्नु पर्ने बाध्यता रहेको र अन्य चार जनाले सबै कक्षाको पठनपाठन गर्नुपर्ने भएकाले दुई–दुई ओटा कक्षाको एकै राखेर सबै मिल्ने खालको प्रश्न दिएर पढाउनु पर्ने बाध्यता रहेको प्रध्यानाध्यापक काशिनन्द चौधरीले बताउनु भयो ।
शिक्षिका भवानी तिमल्सिना भन्नुहुन्छ–‘सबैलाई मिल्ने खालको प्रश्न दिएर कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । कितावको पाठ छुटिरहेको हुन्छ । तहगत शिक्षण सिकाई क्रियाकलापबाट पठनपाठन गर्नुपर्नेमा त्यसरी कक्षा सञ्चालन गर्न सम्भव हुँदैन ।’
कक्षा आठमा अध्ययरत छात्रा सलिना यादवले दुई–तीन कक्षासम्म एकै ठाउँमा राखेर पढाउँदा पाठ्यक्रम अनुसारको पढाइ नहुने गरेको बताउनु भयो ।
धेरै पटक वडा कार्यालयलगायत नगरपालिकाबाट विद्यालयमा अनुगमन गरेको भएपनि समस्या समाधान नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज बछारले गुनासो गर्नु भयो ।
वडा अध्यक्ष पासवत चौधरीले शिक्षक दरबन्दी पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…