दरबन्दी अनुसार डाक्टर नहुँदा जिल्ला अस्पतालमा समस्या
नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि जिल्ला अस्पताल इलाममा एक जनामात्र विषेशज्ञ डाक्टरले काम गर्नुपर्दा समस्या भएको छ ।
जिल्ला अस्पतालमा नौ जना विशेषज्ञसहित १६ जना डाक्टरको दरबन्दी छ । तर, अहिले एक जनामात्र विशेषज्ञ डाक्टर प्रभु साह कार्यरत छन् ।
'प्रसुति सेवा, गर्भपतन सेवा, भिडियो एक्सरे सेवा, ओपीडिमा बिरामी जाँच्नेलगायतका काम र अस्पतालमा भर्ना भएर बसेका विरामीको पटक-पटक जाँच गर्नुपर्दा समय मिलाउन निकै समस्या पर्छ ।'-अस्पतालको मेडिकल सुपरिटेण्डेण्टसमेत रहेका डाक्टर साहले भने ।
५० शैयाको अस्पतालको स्वीकृति पाएको जिल्ला अस्पताल इलाममा हाल ३७ शैया सञ्चालनमा छ । यहाँ १५ जना नर्सको दरबन्दी रहेपनि हाल आठ जना नर्स कार्यरत रहेको डाक्टर साहले जानकारी दिए ।
दरबन्दी अनुसारका डाक्टर र नर्स नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न असहज भएको डाक्टर साहको भनाई छ । अस्पतालमा आएका कतिपय बिरामीलाई विशेषज्ञ डाक्टरको अभावमा अन्यत्रै रिफर गरिरहेको पनि उनले जानकारी दिए ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…