दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा लिन पुगेका बिरामीहरू सेवा नलिई फर्कने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधानका अनुसार भिडियो एक्सरे गर्ने डाक्टरको अन्यत्र सरुवा भएपछि सेवा अवरुद्ध भएको छ । सेवा लिन आउने बिरामीहरूलाई सेवा प्रदान गर्न नसकिएको प्रधानले बताउनुभयो ।
यसैगरी स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न नसक्दा अस्पतालमा सिटिस्क्यान सेवा तथा डायलोसिस सेवा सूचारु गर्न नसकिएको प्रधानले बताउनुभयो । कर्मचारी अभावमा केभिड अस्पतालमा रहेको स्वास्थ्य उपकरण सञ्चालन नहुँदा स्वास्थ्य उपकरणहरू बिग्रने अवस्थामा पुगिसकेका छन् ।
अस्पतालमा नै डाक्टरलाई आवास सुविधा नहुँदा सेवा प्रवाह झन् जटिल बन्दै गएको प्रधानले बताउनुभयो । डाक्टरहरूलाई अस्पताल परिसर भित्रै आवसको व्यवस्था हुनु पर्ने हो तर त्यसो नहुँदा डाक्टरहरू अस्पताल परिसर भन्दा बहिर डेरामा बस्नु पर्दा आपतकालीन उपचारहरूमा समेत समस्या हुने गरेको प्रधानको भनाई छ ।
मरिण गाउँपालिका–४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको थियो ।
त्यसपछि स्वास्थ्यकर्मीले सिन्धुली अस्पतालमाबाट अन्यन्त्र सरुवा लिन बिदा लिने क्रम बढेकोले अस्पतालको सेवा प्रवाहमा समस्या थपिन पुगेको छ ।
सिन्धुली अस्पतालमा एकातिर पुर्ननिर्माणका कामले लथालिङ्ग देखिएको छ भने अर्कातिर दरबन्दी अनुसारका विषेशज्ञहरू नहुँदा समस्यामा जेलिएको छ ।
अस्पतालको समस्या समाधान गर्न जिल्लाका सङ्घ तथा प्रदेश सभाका सदस्यहरूलाई अनुरोध गरिएको मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधानले बताउनुभयो ।
सिन्धुली अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा बिरामीहरू उपचारको लागि बर्दिबास, धुलिखेल र काठमाडौँ जान बाध्य भएका छन् ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…