दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या
पाल्पा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक बिरामीको भिडभाड हुने पाल्पा अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि एक जना पनि कार्यरत छैनन । यो अस्पताल विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सक विहीन अवस्थामा रहेको छ । यो अस्पतालमा विशेषज्ञ चिकित्सक दरबन्दीमा मात्र सिमित भएको छ ।
चार वर्षअघि ५० शैयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाएको यो अस्पतालमा अहिले २५ शैया रहेको छ । दैनिक ओपिडीमा बिरामीको चाप र भर्ना हुने बिरामीको सङ्ख्या पनि उत्तिकै रहेको छ । तर बिरामीको भिडभाड अनुसार चिकित्सक भने छैनन ।
अस्पतालमा आठ जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि स्थायी तीन जना मात्रै रहेका छन । स्कलरसिपका तीन जना र अस्पतालले आन्तरिक रूपमा दुई जना डाक्टर थप गरी सेवा प्रवाह गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनु भयो । 'बिरामी सङ्ख्या धेरै र जनशक्ति कम हुँदा सहज सेवा प्रवाहमा समस्या भएको छ । हामीले थप जनशक्ति ल्याउन कोशिष गरिरहेका छौँ', उहाँले भन्नुभयो ।
यो अस्पतालमा दैनिक ५ सय जनासम्म बिरामी आउने गरेका छन् । अस्पतालमा उचित जनशक्ति नहुँदा बिरामीले उपचारका लागि दिनभर पालो पर्खनुपर्ने अवस्था रहेको छ । अस्पतालमा बिरामीहरूको चाप बढ्दै गए पनि उचित जनशक्ति व्यवस्थापन हुन नसकेको मानव अधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले बताउनु भयो । यो अस्पतालमा अहिले ओपिडि, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, नेत्र सम्बन्धी उपचार, दन्त, फार्मेसी, आमा सुरक्षा, परिवार नियोजन, पोष्टमार्टम लगायतका सेवा प्रवाह हुँदै आएको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…