दरबन्दीका डाक्टर नहुँदा उपचार सेवा प्रभावित
जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचार सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञसहित १४ जना दरबन्दी रहेको अस्पतालमा दुई जना चिकित्सक मात्र उपस्थित हुँदा बिरामीको उपचार प्रभावित बनेको हो ।
अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट तथा जनरलिष्ट अधिकृत डा. विष्णुबहादुर बस्नेत र मेडिकल अधिकृत डा. विशालकुमार देव मात्र रहेको अस्पताल प्रशासनले जनाएको छ । बस्नेत कार्यालय प्रमुखसमेत भएकाले प्रमुखका हैसियतमा थप काम गर्नुपर्ने भएकाले बिरामीको उपचारमा थप समस्या भएको हो ।
२०७० सालबाट ५० शैयाको बनाइएको अस्पतालमा तोकिएको दरबन्दी मध्ये एक दर्जन चिकित्सक दरबन्दीको पदपूर्ति हुन नसकेको अस्पतालका प्रमुख डाक्टर बिष्णुबहादुर बस्नेतले बताए । अस्पतालमा हालसम्म प्रमुख मेडिकल अधिकृत, कन्सल्टेण्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेण्ट अब्स एण्ड गाईनो अधिकृत, कन्सल्टेण्ट अर्थोपेडिक सर्जन अधिकृत, पिडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साईक्याट्रिष्ट अधिकृत र मेडिकल अधिकृत आठौं तहको दरबन्दी छन् । तर, कोही हाजिर हुन नआएको डा. बस्नेतले बताए ।
एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृतसमेत नभएको प्रमुख डा. बस्नेतले बताए । यसैगरी डेन्टल शाखामा डेन्टल सर्जन अधिृकत र डेन्टल हाइजिनिष्ट सहायक हुनुपर्नेमा कोही छैनन् । दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयमा पटक-पटक पत्राचार गर्दा पनि सुनुवाइ नभएको डा. बस्नेतको गुनासो छ ।
'स्थानीय तहबाट जाने दबाव मन्त्रालयले सुनुवाइ नगरेका कारण समस्या भएको हो ।'-अस्पताल विकास समितिका अध्यक्ष शिव रेग्मीले बताए । सरकारले आवश्यकता अनुसारको विशेषज्ञ सेवा व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चाहेअनुसार विशेषज्ञहरू नहुँदा बिरामी पाउनु पर्ने सेवा नै दिन नसकेको डा. बस्नेतको भनाइ छ ।
दैनिक सरदर १ सय ५० जना बिरामी आउने गरेको अस्पतालमा चिकित्सककै अभावमा उपचार सेवा प्रभावकारी बनाउन नसकिएको अस्पतालका प्रमुख डा. बस्नेतको भनाइ छ । 'वार्ड र इमरजेन्सी गरी बिहान ८ बजेदेखि बिरामी चेक जाँचगर्दा गर्दै १०ः३० बज्छ ।'-उनले भने-'कति खेर खाना खानु, कति खेर ओपिडीको बिरामी जाँच गर्नु ।'
भरत खड्का
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…