दम्पत्ती हत्या घटनाका आरोपित तीन जना गिरफ्तार

जितपुरसिमरा उमनपा-३ बजनीका ३५ वर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ वर्षीया दिपिका सुवेदीलाई ०७४ मङ्सिर १५ गते हत्या गरेको आरोपमा प्रहरीले जेठ ११ गते जितपुरसिमरा उमनपा-२ का ३४ वर्षीय रमेश थापा, ३८ वर्षीय अजय लामा र सोही उमनपा-३ का ३८ वर्षीय गुप्तबहादुर लामालाई गिरफ्तार गरेको छ ।

आरोपित सबैलाई जेठ ११ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । आरोपित तीनै जनालाई गिरफ्तार पश्चात घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर भुवन भट्टले बताए । आरोपितलाई गिरफ्तार गर्न प्रहरीको सीआइबी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको थियो ।

दिपिकाको बलात्कार पश्चात हत्या गरिएको थियो । उनीहरूलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको थियो । दम्पत्तिको दुई छोराछोरी छन् । हत्या घटनाका आरोपितलाई गिरफ्तार गर्न स्थानीय सिमराबासीले आन्दोलन गर्दै आएका थिए ।


लक्ष्मी साह सोनार