थुनुवाहरूद्वारा कारागार भित्रै आमरण अनसन
टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जनाले फागुन २० गते साँझदेखि जिल्ला कारागार कैलाली भित्रै आमरण अनसन सुरू गरेका छन् ।
राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित चौधरीलाई निर्वाचित प्रमाणपत्र दिइनु पर्ने, उनको शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहा गर्नु पर्ने, थरूहटका माग सम्बोधन गर्नुपर्नेलगायतर्का माग राखी टिकापुर घटनाका आरोपित थुनुवाहरूले आमरण अनसन सुरू गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी सागर बोहराले बताए ।
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित चौधरीले फागुन १४ गते जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरेका थिए । जिल्ला अदालत, कैलालीले चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेपछि उनीसहित २४ जना आरोपित जिल्ला कारागार, कैलालीमा छन् भने दुई जना बालकलाई पोखरास्थित बालसुधार गृहमा राखिएको छ ।
थरूहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ०७२ भदौ ७ गते टिकापुरमा ज्यान गएको थियो ।
इन्सेक कार्यालय, धनगढी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…