थुनुवाद्वारा हिरासतमै अनसन सुरु
गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका छन् ।
ज्यान मारेको घटनामा पीडितलाई उद्धार गर्ने कार्यमा आफू लागेको र घटनामा आफू निर्दोष हुँदाहुँदै पनि अदालतले पुर्पक्षका लागि थुनामा राखेको भन्दै तामाङ फागुन २४ गतेदेखि अनसनमा बसेका हुन् ।
माघ २४ गते गुम्बा गाविस- ६ स्थित पागर्पुमा व्यक्तिगत रूपमा झगडा हुँदा एक व्यक्तिको मृत्यु भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई गिरफ्तार गरी जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतले माघ २४ गते पासलाल तामाङ सहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अनसनमा बसेका पासलालले आफूलाई न्यायालयले न्याय नगरेको हुँदा बाँच्नु बेकार भएको भन्दै अनसन सुरु गरेको बताए ।
अनसनरत तामाङलाई खाना खुवाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र के.सीले बताए ।
भूकम्पले थुनुवा र कैदीबन्दी राख्ने जेल भत्केपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपनि केही समयको लागि प्रहरी हिरासतमै राख्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…