थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध
द्वन्द्वकालीन समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुममार्फत उजुरी दिने पीडित परिवारहरूलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले थप प्रमाण पेश गर्न अनुरोध गरेको छ ।
स्थानीय शान्ति समितिमार्फत आफन्त बेपत्ता भएको भन्दै २० जनाले उजुरी दिएपछि बेपत्ता छानबिन आयोगले पीडित परिवारका सदस्यहरूलाई पत्रचार गरेरै थप प्रमाण पेश गर्न अनुरोध गरेको हो ।
आयोगले थप प्रमाण मागेपछि माघ २ गते सम्ममा ६ जना बेपत्ताका परिवारले आफूसँग भएको प्रमाण पेश गरेको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसीराम रिमालले बताए ।
द्वन्द्वको क्रममा मोराहाङकी २४ वर्षीया नरमाया विश्वकर्मा, ह्वाकुका १६ वर्षीय पासाङदावा शेर्पा, पौठाकका २३ वर्षीय प्रकाशकुमार दाहाल र २४ वर्षीय प्रेमप्रकाश ढकाल, म्याङलुङ नपाका २० वर्षीय प्रकाश घिसिङ, ३० वर्षीय मानबहादुर बुढाथोकी, ४७ वर्षीय रामप्रसाद फुदोङ, १७ वर्षीय काशिराम गुरागार्इं र देविरमण निरौला, ईवाका २२ वर्षीय भवानीप्रसाद उप्रेती, जलजलेका भिमकुमारी विक, सिम्लेका २० वर्षीय महानन्द लिम्बु, मोराहाङका महेन्द्रबहादुर भुजेल, श्रीजुङका १८ वर्षीय रामकुमार लिम्बु र सुरेश लिम्बु, पिप्लेका विष्णुभक्त गड्तौला रहेको स्थानीय शान्ति समिति तेह्रथुमले जनाएको छ ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…