थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी

  ०८१ पुस २९ गते

गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोडैतामा पुस २८ गते उजुरी दिनु भएको छ ।

पीडित र आरोपित महतोबीच ०८० जेठ १९ गते विवाह भएको थियो । विवाहमा नगद १ लाख ५० हजार रुपियाँ र फर्निचरका सामग्री दिएपनि थप दाइजो बापत दुई तोला सुन नदिएको भन्दै आरोपितहरूले पीडितलाई कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित महिलाले बताउनु भयो ।

थप दाइजोमा पीडितका बुबाले दुई तोला सुन नदिएको भन्दै आरोपितहरूले छोरीलाई गालिगलौज र कुटपिट गरी घरेलु हिंसा गरेको पीडितकी ४४ वर्षीय आमा सुगिया देवी महतोको बताउनु भयो ।

पीडित महिलाको उपचार पुस १५ गते देखि १७ गतेसम्म जिल्ला अस्पताल मलंगवामा भयो । उपचार पश्चात पीडित महिला माइती घर महोत्तरी जिल्ला सोनमा गाउँपालिका-५  बस्दै आइरहेको पीडित महिलाले बताउनु भयो ।

उजुरी पश्चात आरोपितहरू महतो फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय गोडैताका असइ विश्वनाथ यादवले जानकारी दिनु भयो ।


बुधन साह