त्रैमासिक परीक्षा सुरु हुँदासम्म पाठ्यपुस्तकको अभाव कायमै
यस वर्षको त्रैमासिक परीक्षा सुरु हुँदासम्म सदरमुकाम नजिकका विद्यालयमासमेत पाठ्यपुस्तक नआइपुगेको स्थानीय विद्यार्थीहरूले गुनासो गरेका छन् ।
शारदा नपा मार्केस्थित श्री त्रिभुवन जनता उच्च माविमा अध्ययनरत ९ कक्षाका विद्यार्थीले अनिवार्य विषयतर्फ विज्ञान र नेपाली तथा ऐच्छिक विषयतर्फ अर्थशास्त्र र शिक्षा विषयका पुस्तक नपाएको गुनासो गरेका हुन् ।
त्रिभुवन जनता उमावि मार्केमा साउन २४ गतेदेखि त्रैमासिक परीक्षा सुरु भएको छ, तर साउन २५ गते यो समाचार तयार पार्दासम्म उक्त विद्यालयको कक्षा ९ मा अध्यनरत रमा विष्टले विज्ञान, नेपाली, अर्थशास्त्र र शिक्षा विषयका पाठयपुस्तक नआएको बताइन् । उनले भनिन्-'सरहरूले परीक्षा दिने भए देऊ नदिने भए नदेऊ भन्नुभएको छ । कसरी परीक्षा दिनु पढाइ नै भएको छैन ।'
शिक्षकहरूलाई पटकपटक आग्रह गरेपनि किताब उपलब्ध नगराएको अर्का विद्यार्थी महेन्द विकले आरोप लगाए । उनले भने-'कोर्षफेरिएको छ रे ! पुरानो कोर्षपढेर परीक्षा दिन पाएपनि केही राहत हुने थियो । त्यो पनि हुन सकेन परीक्षामा के लेख्नेहोला ?'
कक्षा ९ कै कमला भण्डारीले पाठ्यपुस्तक भएका विषयका शिक्षकले पनि पुरा नपढाएको आरोप लगाउँदै भनिन्-'चार महिना पुग्दासम्म दुई/तीन पाठ मात्रै पढाउनु भएको छ ।'
विद्यालयका प्राचार्य प्रेमबहादुर वलीले आफ्ना कारण नभई पुस्तक व्यावसायीका कारण पुस्तक नआएको आरोप लगाए । उनले पुस्तक व्यवसायीले विद्यालयसँग एकमुष्ट रकम बुझेको तर रकम बुझे अनुसार पुस्तक उपलब्ध नगराएको आरोप लगाए । उनले भने-'यो समस्या हाम्रो विद्यालयको मात्र नभई जिल्लाका अधिकांश विद्यालयको हो ।'
पुस्तक तथा स्टेशनरी व्यवसायी समिति सल्यानका अध्यक्ष नरेन्द्र बुढाले जिल्ला शिक्षा कार्यालयले शिक्षकहरूलाई कमिशनको पछाडि दौडाउँदा जिल्लामा समयमा पाठयपुस्तक नपुगेको आरोप लगाए ।
आफूहरूले व्यवस्थित रूपमा पुस्तक उपलब्ध गराउने गरी जिल्लाका ६ स्थानमा डिपो सञ्चालन गरेको र जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएर अर्डर गर्नको लागि गरिएको सूचनाको बेवास्ता गरेको बुढाले आरोप लगाए । उनले भने-'शिक्षकहरूले कमिशन पाइने ठाँउहरू खोज्दै गएकोले यो समस्या आएको हो ।'
सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले समयमा विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाइएको र उनीहरूले पाठ्यपुस्तक समयमा उपलब्ध गराउने गरी जिम्मेवारी लिएको बताए ।
मीना बुढाथोकी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…